४ पुस २०८२, शुक्रबार | December 19, 2025

अत्याधिक चिसो बढेपछि तिलोत्तमा नगरपालिकाले दियो विद्यालयहरुमा सार्वजनिक बिदा



बुटवल । रुपन्देहीमा पछिल्लो केही दिनयता हुस्सु, कुहिरो र शितलहरसँगै चिसो बढेपछि रुपन्देहीका स्थानीय पालिकाहरुले विद्यालयमा सार्वजनिक बिदा दिने निणर्य गरेका छन ।

अत्याधिक चिसो बढेपछि तिलोत्तमा नगरपालिकाले पुस २५ गतेदेखि २९ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले एक सूचना जारी गरि नगरपालिका भित्रका सबै विद्यालयमा बिदा दिने बताए ।

यसअघि रुपन्देहीका तीन स्थानीय पालिकाले विद्यालयमा सार्वजनिक बिदा दिइसकेको छ । जिल्लाका दक्षिण भेगका मर्चवारी, कोटहीमाई र सम्मरीमाई गाउँपालिकामा सोमबारदेखि जाडो बिदा दिइएको हो ।

सम्मरीमाई र मर्चवारीले पुस २२ देखि माघ २ गतेसम्म बिदा दिएका छन् । त्यस्तै कोटहीमाईले पुस २२ देखि पुस २९ गतेसम्म बिदा दिएको हो ।

चिसो अत्याधिक बढेका कारण बालबालिकाहरु तथा वृद्धवृद्धाहरुलाई सकेसम्म घर बाहिर ननिस्कन चिकित्सकहरुले सल्लाह दिएका छन् । सकेसम्म उनीहरुलाई न्यायो ठाउँमा बस्नुपर्ने बताइएको छ । यसैगरी अन्य उमेर समूहका व्यक्तिहरुले समेत न्यानो र बाक्लो कपडा लगाएर बाहिर निस्कन चिकित्सकहरुको सल्लाह छ ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ३ : २४ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज