२ बैशाख २०८३, बुधबार | April 15, 2026

सूर्यदर्शन सहकारी प्रकरण : रविसहितको मुद्दामा थुनछेक बहस अन्तिमतिर, पोखरामा सुरक्षा कडा बनाइयो



पोखरा । पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा मुछिएकाहरूको थुनछेक बहस अन्तिम चरणमा पुग्दा स्थानीय प्रशासनले सुरक्षा कडा बनाएको छ । जिल्ला अदातलका न्यायाधीश नीतिज राईको इजलासमा एक सातादेखि जारी बहस अन्तिमतिर पुग्दै गर्दा प्रशासनले सुरक्षा कडा बनाएको हो ।

पोखराका मुख्यचोकसहित संवदेनशील स्थानहरूमा बुधबारदेखि सुरक्षा कडा बनाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

जिल्ला अदालतमा मुद्दाको अन्तिम टुंगोतिर जाँदै गर्दा पोखरास्थित जिल्ला प्रशासन कार्यालय कास्कीअगाडिको राष्ट्रबैंक चोक, वाइचोक र सहिद चोक क्षेत्रमा सवारीसाधन सञ्चालमा रोक लगाइएको छ ।

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत कात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । उनीसहित सबै ७ जना प्रतिवादीको बहस सकिन लागेको अवस्थामा सम्भावित हुलदंगा हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको हो । लामिछानेबारेको बहसले निचोडमा पुग्नै लाग्दा प्रशासनले मुख्य चोकमा कडाइ गरेको हो ।

अदालतको आदेश आउन लागेको अवस्थामा मंगलबारदेखि नै प्रशासनले सरकारी कार्यालय र अदालत रहेका क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको हो । मंगलबार मात्रै लामिछानेको थुनछेक बहस सकिएपछि रास्वपाका समर्थकले अदालतबाहिर प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस महामन्त्री गगनकुमार थापाविरुद्ध नाराबाजी गरेका थिए ।

मुद्दाको आदेश आउने अवस्थामा देशभरबाट रास्वपाका समर्थकहरू जम्मा हुन सक्ने सम्भावना छ । त्यहीकारण सुरक्षाकर्मी पनि बाक्लो संख्यामा सडकमा परिचालन गरिएको छ । उता, सहकारीपीडितहरू पनि ठूलो संख्यामा सडक निस्किने भएकाले प्रशासनले सतर्कता बढाएको हो ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ४ : ३१ बजे

बुटवलमा वैशाख ५ मा रैथाने सीप-कला प्रदर्शनी हुने

बुटवल । पुराना सीप कलाको संरक्षण र जर्गेना गर्न बुटवलमा

शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख ४

कांग्रेसले पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने

सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस, ‘नेपाल आरोग्य वर्ष २०२७’ घोषणा

काठमाडौं । संयुक्त राष्ट्रसंघले ‘आरोग्य दिवस’ को मान्यता दिएपछि बुधबार

सवारी नियम उल्लघंन गर्ने सभामुख अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीको चिट

काठमाडौं । सभामुख डीपी अर्यालले प्रयोग गर्ने गाडीलाई ट्राफिक प्रहरीले