६ माघ २०८२, मंगलबार | January 20, 2026

लुम्बिनी प्राविधिक विश्व विद्यालयलाई देशकै नमुना बनाउनुपर्छः मुख्यमन्त्री आचार्य



नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्व विद्यालयलाई देशकै नमुना विश्व विद्यालय बनाउनेगरी भूमिका बढाउनुपर्ने बताएका छन् । विश्व विद्यालयको छैठौं सभा(सिनेट) बैठकलाई बुधबार बाँकेमा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा अघि बढाएको प्राविधिक विश्व विद्यालयलाई देशकै नमुना विश्व विद्यालय बनाउनेगरी भूमिका बढाउन आवश्यक रहेको धारणा राखेका हुन् ।

उनले विश्व विद्यालयको शैक्षिक र प्रशासनिक सेवालाई थप प्रभावकारी बनाउन जरुरी रहेको बताए । ‘यो विश्व विद्यालयलाई देशकै नमुना बनाउन चाहन्छौं । देशका विभिन्न स्थानबाट विद्यार्थीहरु यहाँ पढ्न आउने वातावरण र अवसर सरकारले सृजना गर्न चाहन्छ,’ मुख्यमन्त्री आचार्यले भने, ‘युगले खोजेको जनशक्ति, विश्व बजारमा खपत हुन सक्ने जनशक्ति उत्पादनको केन्द्र बनाउन चाहन्छौं । यो विश्व विद्यालयलाई सबैको आकर्षणको केन्द्र कसरी बनाउन सकिन्छ भन्ने बारेमा तपाई हामि सबै गम्भिर भएर अझ परिस्कृत गरेर अघि बढ्न जरुरी छ ।’

प्रदेशबाट प्राविधिक जनशक्ति उत्पादन गर्ने संकल्प सहित विश्व विद्यालय स्थापना गरेको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले शैक्षिक संस्थाहरुको अध्ययन केन्द्रको रुपमा समेत विकाश गर्ने लक्ष्य रहेको बताए । ‘विद्यार्थीलाई आकर्षण गर्न सक्नुपर्छ । आवश्यकताको आधारमा संकायहरु थप गर्ने बारेमा पनि सोच्न जरुरी छ,’ उनले भने, ‘विद्यार्थीलाई कामसंग जोड्नै पर्छ । सरकारले यसमा ध्यान दिन्छ ।’

विश्व विद्यालयका कुलपति समेत रहेका मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले अनुसन्धान र नवप्रवर्तन क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिएको समेत जानकारी गराए । विश्व विद्यालयको सिनेट बैठकमा आर्थिक बर्ष २०८०/८१ को बार्षिक प्रगतिको समिक्षा, चालु आर्थिक बर्षको बजेट तथा कार्यक्रम लगायत विविध बिषयहरुमा छलफल भएको थियो ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ६ : ०१ बजे

आज देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

निर्वाचन आउन ४४ दिन बाँकी : उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार

नेपाली कांग्रेसले टुंग्यायो १४० निर्वाचन क्षेत्रमा उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले १४० निर्वाचन क्षेत्रको उम्मेदवारल

बाँके ३ मा दलबहादुरको टिकट खोसियो, अव एमाले उम्मेदवार सुमन मल्ल

खजुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार

बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी