३१ जेष्ठ २०८२, शनिबार | June 14, 2025

धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती



काठमाडौं । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा मङ्गलबार रातभर गरिएको धनुर्मास पूजापछि बुधबार दिनभर बन्द रहेको मन्दिर बेलुकी आरतीका लागि खुला गरिएको छ ।

मङ्गलबार रातभर धनुर्मास पूजा गरेपछि आज बिहान दर्शनका लागि आएका भक्तजनलाई दर्शन गर्न दिएपछि अपराह्नपछि पशुपतिनाथ मन्दिर बन्द गरिएको थियो । पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गर्ने परम्परा छ ।

बाला चतुर्दशीदेखि नै चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातोपानीले स्नान गराउने परम्परा छ । पानीमा बस्ने माछासमेत चिसोबाट बच्न पानीको सतहमुनि बस्ने मीनपचासको समयमा पशुपतिनाथलाई पनि चिसोबाट बचाउन धनुर्मास पूजासहित खिचडी खुवाउने वैदिक सनातनी परम्परा छ । परम्पराअनुसार मङ्गलबार राति १२ बजेदेखि बुधबार बिहानसम्म धनुर्मास पूजा गरिएको कोषका सदस्य सचिव मिलनकुमार थापाले जानकारी दिए ।

धनुर्मास पूजापछि गेडागुडीबाट बनेको खिचडी पशुपतिनाथलाई खुवाइएको थियो । मङ्गलबार रातभर धनुर्मास पूजा गरेपछि आज पशुपतिनाथलाई उपवास राख्ने गरिएको छ । आज मध्याह्न १२ बजेदेखि बन्द गरिएको मन्दिर अहिले बेलुकीदेखि भने भक्तजनका लागि खुला गरिएको उनले सुनाए ।

आज मध्याह्न १२ बजेसम्म भने टाढा टाढाबाट पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई दर्शन गर्न दिने उद्देश्यले मन्दिर खुला राखिएको कोषका संस्कृति महाशाखा प्रमुख ईश्वर भण्डारीले बताए । टाढा टाढाबाट आउने भक्तजनका लागि मध्याह्न १२ बजेसम्म दर्शन गर्न दिने परम्परा पनि गत वर्षदेखि मात्र सुरू भएको हो । त्यसअघि भने बिहान धनुर्मास पूजा सकेपछिदेखि नै पशुपतिनाथ मन्दिर बेलुकीसम्म बन्द गरिन्थ्यो ।

उपवासका दिन बिहानै महादेव शिवपुरी डाँडामा गएर तोरीको तेल लगाएर घाममा शयन गर्ने धार्मिक विश्वाससमेत पशुपति क्षेत्रमा रहेको छ । यसै विश्वासमा आज बिहानै पशुपतिनाथलाई तोरीको तेल लगाइएको थियो । बेलुकी भने शिवपुरी डाँडाबाट घाम तापेर भगवान् फर्केको विश्वासमा आरती गरिएको हो । बिहीबार बिहानदेखि भने नियमित एवं विशेष पूजा आराधना गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ९ : २७ बजे

उर्लाबारीमा ३७० जना विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत

मोरङ। मोरङमा विभिन्न राजनीतिक दलहरू परित्याग गरी सन्देश घिमिरे, सुवास

भोलि लुम्बिनी प्रदेशको बजेट प्रदेशसभामा प्रस्तुत हुँदै

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र०८३ का

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वातावरण संरक्षण तथा

इञ्जिनियर दाङ आउन नमान्दा बिग्रिएको एक वर्ष बढी हुँदा पनि मर्मत भएन डायलासिस मेसिन

तुलसीपुर । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा डायलासिस मेसिन

किसानद्वारा एक लाख २८ हजार केजी रैथाने बीउ उत्पादन

नेपालगन्ज । बाँकेका किसानले एक लाख २८ हजार बढी स्थानीय