२३ चैत्र २०८२, सोमबार | April 6, 2026

मुस्लिम समुदायको सशक्तीकरण प्रदेश सरकारको प्राथमिकतामा



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक सशक्तीकरण प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

मुस्लिम आयोगले आज लमहीमा आयोजना गरेको ‘मुस्लिम समुदायको आर्थिक, सामाजिक, सांस्कृतिकलगायत सशक्तीकरण तथा क्षमता विकास कार्यक्रम’ उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले समुदायको सशक्तीकरण र जागरणका लागि समुदायले चलाउने अभियानलाई प्रदेश सरकारले साथ दिने बताएका हुन् ।

“मुस्लिम समुदायका केही बालबालिका अझै शिक्षाबाट वञ्चित छन् । प्रदेश सरकारले उच्च शिक्षामा किशोरीहरुलाई पूर्ण छात्रवृत्ति दिएको छ । तर, यो छात्रवृत्ति लिने किशोरीको सङ्ख्या थोरै छ”, मुख्यमन्त्री आचार्यले भने, “समुदायका अगुवाहरु नै समाज परिवर्तन र जागरणमा अघि सर्न जरुरी छ ।”

प्रदेश सरकारले निजामती क्षेत्रमा मुस्लिम समुदायको सात प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको उनले बताए । उनले मदरसा शिक्षा समयानुकूल बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

मुस्लिम समुदायमा उमेर नपुग्दै छोरीहरुको विवाह गर्ने संस्कार अन्त्य जरुरी रहेको बताउँदै मुख्यमन्त्री आचार्यले बालविवाहकै कारण मातृ मृत्युदर, बाल मृत्युदर, कुपोषण बढेको बताए ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले समुदायको सशक्तीकरणका लागि तीन तहकै सरकारले विशेष प्याकेज निर्माण गरेर लागू गर्न आवश्यक रहेको धारणा राखे । उनले शिक्षा, स्वास्थ्य, तथा रोजगारीमा राज्यले प्रदान गर्ने सबै अवसर सुनिश्चित गर्न आग्रह गरे ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ६ : ०२ बजे

शेयर बजारप्रति सरकार उदार, ‘धरपकड होइन सुधार’ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शेयर बजारमा अनावश्यक त्रास

प्रतिनिधिसभामा नेकपा प्रमुख सचेतकको सुझाव – ‘स्टन्ट होइन, काम गरेर देखाओस्’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारलाई

नेपालमा लगानीको अपार सम्भावनाको सदुपयोग गर्न एनआरएनएलाई राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान अवस्थामा नेपालमा रहेको लगानीको

राजगुठी जग्गा संरक्षण गर्न घ्याङ गुठीको माग

काठमाडौं । गुठी संस्थानअन्तर्गत रहेको बौद्धको राजगुठी जग्गा संरक्षण गर्न

स्मार्ट च्वाइस टेक्नोलोजिज र सिटी टेक ग्रुपबीच फिनपोस मार्फत रणनीतिक साझेदारी

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिजले सिटीटेक ग्रुपसँग डिजिटल भुक्तानी क्षेत्र का