१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

सुर्यदर्शन सहकारी ठगी, कोसँग कति मागियो धरौटी ?



पोखरा । जिल्ला अदालत कास्कीले सहकारी ठगी मुद्दाका ७ आरोपीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका ७ जना आरोपीलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाइ ६५ लाख र गोर्खा मिडिया प्रालिका तत्कालिन प्रबन्ध निर्देशक जोशीसँग ८५ लाख धरौटीमा रिहा गर्न आदेश भएको छ ।

यसैगरी लिला पछाईसँग ३६ लाख, राम खनालसँग १५ लाख, मिना गुरुङ र आरती गुरुङसँग ५–५ लाख, कृष्ण गुरुङसँग १ लाख धरौटी माग गरिएको अदालतका सुचना अधिकारी सुरजले जानकारी दिए ।

लामिछाने र जोशीबिरूद्द भने सहकारीको रकम गोर्खा मिडियामा लगेर संगठित रूपमा ठगी गरेको र गैरकानुनी सम्पत्ति शुद्धीकरण गरेको अभियोग उनीहरूविरूद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा समेत मुद्दा चलाइएको छ ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ६ : ३० बजे

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा ‘सिन्डिकेट’ अन्त्य

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा कायम

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा

आगामी बजेट : सुरु भइसकेका योजना प्राथमिकतामा, नयाँ योजनाको लाभ-लागत विश्लेषण अनिवार्य

काठमाडौं । हाल काम सुरु भइसकेका तथा क्रमागत प्रकृतिका आयोजनालाई

शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन

काठमाडौँ । सरकारले शासकीय सुधारका एक सय कार्यसूचीमार्फत ‘डिजिटल’ शासन

रास्वपा सभापति रवि लामिछाने र महन्थ ठाकुरबीच भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने