१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

तिनाउ ईङ्गलिस बोर्डिङ स्कुलमा खेलकुद सप्ताह सुरु



बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ देवीनगरमा रहेको तिनाउ ईङ्गलिस बोर्डिङ स्कुलमा खेलकुद सप्ताह सुरु भएको छ । शुक्रबार २६ गतेबाट भएको शुरु भएको खेल सप्ताह पुस २९ गते सम्म चल्ने छ ।

स्कुलको २५ औं वार्षिक उत्सव तथा रजत महोत्सवको अवसरमा शुरु भएको खेल सप्ताहमा विद्यालयका १ हजार ७ सय भन्दा बढि विद्यार्थी सहभागी रहेको विद्यालय सञ्चालक समितिका अध्यक्ष यज्ञमुर्ती पाण्डेले जानकारी दिए । खेल सप्ताह अन्र्तगत बिगिनर्स, सब जुनियर, जुनियर र सिनियर गरी चार समूहमा विभाजन गरी खेलकुद प्रतियोगितामा सहभागी गराईने अध्यक्ष पाण्डेले जानकारी दिए ।

फिल्ड ट्रयाक र खेलगरी ४२ वटा विधामा स्पोर्टस मिट सम्पन्न हुने विद्यालयका प्राचार्य सिता पाण्डेले जानकारी दिइन । खेलकुदमा विद्यार्थीहरु फिल्ड एण्ड ट्रयाक तर्फ ८३ वटा पदकका लागि र खेलतर्फ २८६ वटा पदकका लागि प्रतिस्पर्धा गर्ने छन् ।पाण्डेका अनुसार विद्यालयले आगामी माघ महिनामा रजत महोत्सव समेत मनाउने समेत तयारी गरेको छ ।

खेल सप्ताह अन्तर्गत विगीर्नस ग्रुपको मन्टेश्वरीतर्फका खेलको व्यवस्थापन भूमिका मल्ल, नर्सरीमा लीला शर्माले एलकेजी युकेजीमा कविता थापाले गर्नेछन भने सब जुनियस तर्फको कक्षा १ र २ लक्ष्मी पाण्डे कक्षा ३ र ४ मा एसमिन गिरीले व्यवस्थापन गर्ने सहप्राचार्य सूर्य पाण्डेले बताए । जुनियस तर्फको कक्षा ५,६र७ का खेलहरु दुर्गा केसीले व्यवस्थापन गर्ने विद्यालयका संयोजक नारायण पोखरेलको भनाइ छ ।

बिद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख अग्निधर पोखरेलका अनुसार प्रतियोगीतामा विजेता विद्यार्थीहरुलाई नगद सहितको पुरस्कार प्रदान गरिने छ । हरेक दिन फरकफरक विधाका खेलहरुमा प्रतिस्प्रर्धा गराइएको उनको भनाइ छ ।

विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटनको लागि खेल सप्ताहले महत्वपूर्ण भूमिका निर्बाह गर्ने विद्यालयको अपेक्षा छ । तिनाउमा अहिले १ हजार ८ सय विद्यार्थी अध्ययनरत रहेका छन् ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ६ : ४६ बजे

कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या, बेलहियाबाट पक्राउ

काठमाडौँ । कारागारमा कैद भुक्तानीका बेला चिनजान भएकी सुरक्षाकर्मीलाई घरमै

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद