२५ भदौ २०८३, बिहिबार | September 10, 2026

प्रेस चौतारी नेपाल, रुपन्देहीको आठौं जिल्ला अधिवेशन माघ २४ गते हुने



बुटवल । प्रेस चौतारी नेपाल रुपन्देहीको आठौं जिल्ला अधिवेशन आगामी माघ २४ गते हुने भएको छ ।

शनिबार सम्पन्न चौतारी रुपन्देहीको जिल्ला सचिवालय बैठकले २०८१ माघ २४ गते बुटवलमा अधिवेशन गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष लक्ष्मण पौडेलले बताए ।

बैठकले प्रेस चौतारीको स्थापना दिवसको अवसरमा आगामी माघ २२ गते बुटवलमा रक्तदान कार्यक्रम आयोजना गर्ने अध्यक्ष पौडेलले जानकारी दिए । अध्यक्ष पौडेलका अनुसार जिल्ला अधिवेशनका दिन प्रेस चौतारी परमानन्द खरेल स्मृति पत्रकारिता पुरस्कार वितरण गरिनेछ । जसका लागि प्रेस चौतारीका पूर्व केन्द्रीय सदस्य शेर बहादुर के.सी.को संयोजकत्वमा तीन सदस्यीय पुरस्कार छनौट समिति गठन गरिएको छ ।

समितिको सदस्यहरुमा चौतारीका पूर्व केन्द्रीय सचिव भरत के.सी. र पूर्व केन्द्रीय सदस्य कुलमणि ज्ञवाली रहेका छन् ।
बैठकमा प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रीय सचिव प्रदीप आचार्यले जिल्ला अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न तयारी तीव्रताका साथ अगाडि बढाउन आग्रह गरे ।

बैठकमा केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज अमृत गिरी, नेकपा (एमाले) प्रचार विभागका पूर्व सचिव नरेश के.सी., प्रेस चौतारी रुपन्देही जिल्ला उपाध्यक्ष भगवती पाण्डे, जिल्ला सचिवालय सदस्य डि.बी सुस्लिङ, अस्मिना पाण्डे लगायतले भनाइ राखेका थिए ।

प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षता तथा सह–सचिव रबिन्द्र प्रताप गुप्ताको सञ्चालनमा बैठक सम्पन्न भएको थियो ।

त्यस्तै जिल्ला अधिवेशनको अवसरमा प्रकाशन गरिने स्मारिकाका लागि चौतारीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज अमृत गिरीको संयोजकत्वमा गठित स्मारिका प्रकाशन उपसमितिले तयारी गरिरहेको जिल्ला कोषाध्यक्ष दिनेश कुमार श्रेष्ठले बताए ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ६ : ५६ बजे

बाढी प्रभावित क्षेत्रको राहत र पुनर्स्थापनाबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को

दीपेन्द्रको अर्धशतकमा ओमानलाई १४८ रनको लक्ष्य

काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा नेपालले एसीसी प्रिमियर कप

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

कपिलवस्तु । प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोटको पुरातात्विक सम्पदा संरक्षणका लागि

त्रिपन्न हजार बढी ग्यास सिलिन्डर काठमाडौं पठाइयो

चितवन । कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौं जान नसक्ने

सेती बाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग

कास्की । सेती नदीमा गएको विनाशकारी बाढीको पीडा भोगेका कास्कीको