१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

आज रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित हुदैँ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुदैँछन् ।

सुर्य दर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहिवार साँझ ६५ लाख धरौंटी बुझाएर छुटेका थिए ।

त्यहाँबाट छुटे पनि शुक्रबार जिल्ला अदालतमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण उनी काठमाडौं जिल्ला अदालतमा हाजिर हुन सकेनन् ।  जिल्ला प्रहरी कास्कीको हिरासतवाट मुक्त भए पनि हिजो साँझ अबेर मात्रै काठमाडौं आइपुगेकाले उनी शुक्रबार अदालतमा हाजिर हुन नसकेको उनकी श्रीमती निकिता पौडेलले जानकारी दिएकी थिइन् ।

‘आइतबार भने उहाँ स्वयं जिल्ला अदालत काठमाडौंमा उपस्थित हुनु हुनेछ,’ उनले जानकारी दिदैँ भनिन ।

थप रूपमा कालिमाटीस्थित स्वर्णलक्ष्मी वहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएपछि उनी अदालतमा हाजिर हुन लागेका हुन ।

उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ७ : ११ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

संसद सचिवालयले बोलायो सर्वदलीय बैठक

काठमाडौं । संसद् बैठकको तयारीका विषयमा छलफल गर्न संसद सचिवालयले

दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु

दार्चुला । ओसिलबाट गोकुलेश्वरतर्फ गइरहेको जिप शैल्यशिखर नगरपालिका-४ ओसिल क्षेत्रमा

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य बढेको छ

कांग्रेस एकताका लागि महामन्त्री पौडेलको अपिल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र एकता कायम