१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

सभापति देउवाको नामबाट सार्वजनिक भएको विज्ञप्ति नक्कली : नेपाली कांग्रेस



काठमाडौं। पार्टी सभापति शेरबहादुर देउवाको नामबाट सार्वजनिक भएको प्रेस विज्ञप्ति नक्कली भएको नेपाली कांग्रेसले जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको नामबाट नक्क‍ली प्रेस विज्ञप्ति सामाजिक सञ्जालमा राखेर भ्रम छरिएको भन्‍दै कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टी मुख्‍यालयका मुख्‍य सचिव कृष्णप्रसाद पौडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै पार्टीको सभापति देउवाको नामबाट जारी भएको भनिएको विज्ञप्ति नक्कली भएको उल्लेख गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

‘नेपाली राजनीतिलाई तरङ्गित गर्ने, गठबन्धनको सरकारका बारे अन्यौल सृजना गरी नेपाली जनतालाई दिगभ्रमित गर्ने कुत्सीत मनसायबाट नेपाली कांग्रेस पार्टी सभापतिको नामबाट नक्कली प्रेस वक्तव्य विभिन्न सामाजिक सन्जालहरूमा सम्प्रेषित भएकोमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले त्यस्ता गैरकानुनी कार्यमा संलग्नलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायसँग विज्ञप्ति मार्फत माग गरेको छ । विज्ञप्तिमा भ्रमित गतिविधिबाट प्रभावित नहुन सबैमा अनुरोध समेत गरिएको छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ८ : ४२ बजे

प्रधानाध्यापकले छात्रवृत्ति रकम हिनामिना गरेपछि….

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–१ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

गुल्मी । जिल्लाको इस्मा गाउँपालिका–२ अन्तर्गत छल्दीटारी र पालुखा जोड्ने

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं। नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : स्वास्थ्य बीमा बोर्ड

काठमाडौं । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा

गैरकानुनी विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न बोर्डको आग्रह

काठमाडौं । विज्ञापन बोर्डले अनधिकृत वेबसाइट, बेटिङ एप, सामाजिक सञ्जाल