१० श्रावण २०८३, आइतबार | July 26, 2026

पोखरामा लियो ३२५-जे नेपालको दोस्रो काउन्सिल बैठक सम्पन्न



पोखरा । लियो जिल्ला परिषद् ३२५ जे नेपालको बार्षिक अवार्ड वितरण तथा दोस्रो काउन्सिल बैठक सुन्दर नगरी पोखरामा सुसम्पन्न भएको छ ।

यहि पुष २६ र २७ गते पोखरा लेकसाईडमा अवस्थित फेवा रिसोर्टमा कार्यक्रम सम्पन्न भएको हो ।

२ दिने कार्यक्रमको पहिलो दिन लायन वर्ष २०२३-२४ का अध्यक्ष लियो विष्णुप्रसाद दाहालको कार्यकालमा उत्कृष्ट कार्य गर्ने क्लव तथा व्यक्तिलाई कामको आधारमा अवार्ड वितरण गरिएको थियो ।

पहिलो दिन परिषद्का अध्यक्ष लियो सविन भट्टराईको सभापतित्व तथा पोखरा महानगरपालिकाका प्रवक्ता लायन मोतिलाल तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा लियो बहुजिल्ला परिषद् अध्यक्ष लियो अस्मिता लामिछानेसहित लियो जिल्ला परिषद् ३२५ R, M का जिल्ला अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको दोस्रो दिन लियो जिल्ला परिषद्को दोस्रो परिषद् बैठक सम्पन्न भएको थियो । दोस्रो दिनको कार्यक्रम परिषद्का अध्यक्ष लियो सविन भट्टराईको सभापतित्व तथा लायन्स अन्तर्राष्ट्रिय ३२५ जे का बर्ष २०२४-२५ का जिल्ला गभर्नर लायन मिलन थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । परिषद् बैठकमा जिल्ला परिषदमा रहेका विभिन्न क्लवका १५० जना सदस्यहरुको सहभागिता रहेको थियो ।

लियो जिल्ला परिषद् ३२५ जे नेपालको पोखराका सम्पूर्ण लियो क्लवको आयोजनामा भएको कार्यक्रमको संचालन जिल्ला परिषद् सचिव लियो आशिष थापा तथा संयोजन लियो क्लव अफ चौतारी पोखराका अध्यक्ष लियो सहनशिल बरालले गरेका थिए ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  १० : ४६ बजे

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक, ‘नेपाल’ सम्मान

काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक ९नेपाल०’ अवार्ड प्राप्त

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल