१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

डिजेल बोकेको ट्याङ्करको ठक्करबाट दुईजनाको मृत्यु



नेपालगन्ज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको कुसुम सडकखण्डमा ट्यांकरले मोटरसाईकललाई ठक्कर दिदा दुई जनाको ज्यान गएको छ ।

राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित सौरीखोलामा डिजेल लोड गरेर दाङतर्फ जाँदै गरेको ना ८ ख नम्बरको ट्यांकरले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए । जिल्ला ट्राफिक प्रहरी बाँकेका निमित्त प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक नन्दप्रसाद पोखरेलले घाइते दुबैजनाको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

वरिष्ठ नायब निरीक्षक पोखरेलका अनुसार मृत्यु हुनेमा कैलालीको धनगढी–१४ का अन्दाजी ३३–३४ वर्षका रुपेश बस्नेत र सोही उपमहानगरपालिका–३ का अन्दाजी ४५–४६ वर्षिय घमण शाही रहेका छन् ।

पश्चिमबाट पूर्वतर्फ दाङ जाँदै गरेको उक्त ट्यांकरले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाईकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनीहरु दुबै जनाको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने ट्यांकर र चालकलाई इलाका प्रहरी कार्यालय कुसुमले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ८ : २५ बजे

‘डिप ट्युबवेल’ जडानसँगै सिँचाइको असुविधा हट्यो

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका-१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय

खड्का समूहको बैठक आज, कांग्रेसभित्रको आन्तरिक रणनीतिमा छलफल

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज

दाङमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने

दाङ । दाङको लमहीमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको

बाख्रापालनबाट स्वरोजगार

म्याग्दी । मङ्गला गाउँपालिका-२ हिदीका कुलबहादुर पुनले चार वर्षअघि दुई

राष्ट्रिय सहमतिमा नै संविधान संशोधन हुन्छ : संयोजक शाह

काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका