२३ चैत्र २०८२, सोमबार | April 6, 2026

‘संस्कृतिलाई पर्यटनसँग जोडेर आर्थिक सशक्तीकरण गर्न सकिन्छ’



देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मौलिक कला, संस्कृतिलाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तीकरण गर्न सकिने बताएका छन ।

माघे सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा उनले आज दिएको शुभकामना सन्देशमा मौलिक कला, संस्कृति जोगाउनु सबैको साझा कर्तव्य भएको उल्लेख गरे । सन्देशमा उनले कला, संस्कृतिलाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तीकरण गर्न सकिन्छ भने ।

“हाम्रो समाज बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त छ । त्यसैले जातीय विविधता र यससँगै जोडिएर आएका संस्कृतिहरू हाम्रा मौलिक विशेषता हुन्”, उनले भनेका छन, “लुम्बिनी प्रदेश सरकारले सांस्कृतिक मूल्य, मान्यताको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका माध्यमबाट आर्थिक, सामाजिक विकासको परिकल्पना गरेको छ । मौलिक कला, संस्कृतिलाई पर्यटनसँग जोडेर समुदायको आर्थिक सशक्तीकरण गर्न सकिने भएकाले यसलाई प्राथमिकतामा राखेका छौँ ।”

लुम्बिनी प्रदेशको तराई, पहाड, हिमाली क्षेत्रमा बसोबास गर्ने नेपालीहरूले आ-आफ्नै तरिकाले माघे सङ्क्रान्ति/माघ पर्व मनाउने चलन छ । यस पर्वको फरक विशेषता र महत्व छ । थारू समुदायले माघलाई महत्त्वपूर्ण चाड एवं नयाँ वर्षका रूपमा मनाउने गर्छन् भने मगर, यादवलगायत समुदायले विशेष महत्वका साथ पर्व मनाउने प्रचलन छ ।

माघे सङ्क्रान्ति तथा माघी पर्वको अवसर पारेर प्रदेश सरकारले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ । यस वर्ष पनि माघे सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका वरिष्ठ शाखा अधिकृत गङ्गाधर पाण्डेले जानकारी दिए । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को २०८० चैत २० गते बसेको बैठकले माघे सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा सार्वजनिक बिदा निर्णय गरेको थियो ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ८ : ५८ बजे

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन । यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आजको मौसम : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको