१० श्रावण २०८३, आइतबार | July 26, 2026

प्रीति आत्रेय ज्ञवालीको मणिराम लोकार्पण



बुटवल । नेपालकै पहिलो महिला राशिफल लेखिका तथा स्तम्भकार प्रीति आत्रेय ज्ञवालीद्वारा लिखित ‘मणिराम’ मुक्तक सङ्ग्रह बुधबार लोकार्पण भएको छ । लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल रुपन्देहीको आयोजनामा बुटवलमा भएको कार्यक्रममा प्राज्ञ बूँद रानासहित साहित्यसकारहरुले संयुक्त रुपमा कृतिको विमोचन गरेका हुन । कार्यक्रममा बोल्दै प्राज्ञ बूँद रानाले कृतिमा पितृभक्ति, पारिवारिक मेल, ज्येष्ठहरुप्रति श्रद्धा र सम्मान, युगीन जनजीवनको भाव प्रस्तुत भएको बताए ।

कार्यक्रममा ‘मणिराम’ मुक्तक सङ्ग्रहमा समावेश मुक्तकहरूमा अन्तर्निहित लेखनशिल्प, भावको गाम्भीर्य, लेखनको मर्म र गहिराईका बारेमा समीक्षा गर्दै डा. मुरारि पराजुलीले कृतिमा हिन्दु आदर्श, समाजमा रहेका कुप्रवृत्ति, कुसंस्कार, नेतृत्वको स्खलन, आध्यात्मवादी चिन्तन र बिम्बको चातुर्य प्रस्तुत भएको तथा कृतिले समकालीन समाजको यथार्थ चित्रण गरेको बताए ।

स्वागत मन्तव्यका क्रममा प्रतिष्ठानका रुपन्देही अध्यक्ष पुरुषोत्तम पाण्डेयले प्रतिष्ठान सदैव भाषा, कला, साहित्य र संस्कृतिको संरक्षणका क्षेत्रमा लागिरहेको र कृतिकारलाई हौसला तथा प्रोत्साहन गर्ने उद्देश्यले सोही प्रकृतिका कार्यक्रम गरिरहेको बताउँदै मणिराम कृतिका सर्जकलाई बधाई र कृति सफलताको शुभकामना दिए । त्यसैगरी प्रतिष्ठानका केन्द्रीय अध्यक्ष ऋषि आजादले लुम्बिनी प्रदेशका सबै जिल्लामा प्रतिष्ठान क्रियाशील रहेको, कपिलवस्तुको कपिलधाममा स्वर्गीय स्रष्टाहरुको शालीकसहितको साहित्य तीर्थ निर्माण भइरहेको र उक्त स्थानमा प्रतिष्ठानको केन्द्रीय कार्यालय तथा केन्द्रीय पुस्तकालय रहेको बताए भने मणिराम मुक्तक सङ्ग्रहमा नेपाली समाजको जनजीवन र पारिवारिक अवस्थाको चित्रण गरिएको बताए ।

त्यसैगरी साहित्यकार रुद्र ज्ञवालीले प्रीति आत्रेय ज्ञवालीले आफ्ना ससुरा बुबा मणिरामको ८५ औँ जन्मोत्सवका अवसरमा उनकै नाम शीर्षकमा कृति प्रकाशन गर्नु र जन्मोत्सवका मुहूर्तमा उपहारस्वरुप कृति समर्पण गर्नु निसन्देह सराहनीय र नौलो कार्य भएको बताए । त्यसैगरी साहित्यकार प्रा.डा. हिरण्यलाल ज्ञवाली, ऋषिराम भुसाल, उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, दौँघा रुपन्देही सम्पर्क समाजका अध्यक्ष भीमलाल ज्ञवाली, साहित्यकार वनमाली निराकार, साइनो वाङ्मय चौतारी नेपालका सल्लाहकार धातानन्द शर्मा गैरेलगायतले कृतिले पारिवारिक समन्वय र प्रेम, सभ्य तथा आदर्श समाजको विषयलाई उजागर गरेको बताउँदै यो कृति साहित्यको क्षेत्रमा नौलो भएको बताउनुभयो भने कृति सफलताको शुभकामना दिए ।

कार्यक्रममा मणिराम कृतिकी लेखक प्रीति आत्रेय ज्ञवालीले ससुरा बुबाको जन्मोत्सवको अवसरमा मुक्तक सङ्ग्रह प्रकाशन गर्न पाउँदा खुसी लागेको बताउँदै आफूलाई लेखनको क्षेत्रमा हौसाउने मातापिता, सासुससुरा, इष्टमित्र र शुभेच्छुकहरु तथा लोकार्पणको चाजोपाँजो मिलाउने लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल रुपन्देहीलाई धन्यवाद दिँदै आगामी दिनमा पाठकबाट आएको सुझाव सल्लाहलाई मनन गरी अगाडि बढ्ने बताइन ।

८० भन्दा साहित्यकार र साहित्यानुरागीको उपस्थितिमा भएको कार्यक्रममा राजेन्द्रकुमार आचार्य, कृष्णप्रसाद कोइराला, दिपक भण्डारी, शिव प्यासी, मणिराम ज्ञवाली, लक्ष्मी ज्ञवाली, आर्या आत्रेयलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानका उपाध्यक्ष कृष्ण गाउँलेले गरेका थिए ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ७ : ०९ बजे

जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जलसम्पदालाई

सरकारी वार्ता टोली र डा. गोविन्द केसी पक्षबीच वार्ता

धनगढी । कैलालीको धनगढीमा अनशनरत डा गोविन्द केसी पक्षसँग नेपाल

रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ । रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव

भारतीय बिरामीको उपचार गन्तव्य बन्दै भरतपुर आँखा अस्पताल ठोरी

चितवन । नेपालको सीमावर्ती गाउँमा सञ्चालनमा रहेको एउटा आँखा अस्पताल

लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीहरूले बुझाए संसदीय दलमा सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले