१४ बैशाख २०८३, सोमबार | April 28, 2026

पूर्वगृहमन्त्री बालकृष्ण खाँणले गरे तिनाउ नदिमा स्थलगत अनुगमन



बुटवल । पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले बुटवल उपमहानगरपालिकामा पर्ने तिनाउ नदिमा बाढीले भत्काएको नदिको तटबन्धन र बेडबारको स्थलगत अवलोकन गरेका छन ।

उनी आफू सिचाईमन्त्री भएका बेला कटान रोक्न तिनाउको दुबैतर्फ तटबन्धन गर्नुको साथै नदिको गहिराई नियन्त्रणका लागि बेडबार निर्माण गरिएको थियो । त्यसपछि वर्षेनी वर्खामा आएको बाढीले कतिपय ठाउँमा तटबन्धन तथा बेडबार भत्काईदिएको छ ।

बुटवलको तिनाउपुल माथि र तलबाट समेत सिचाईका बाँधहरु रहेको र नदि गहिरिँदै जाँदा सिचाईको मुहानमा समेत समस्या हुने भएकाले बेडबार बाधिएको थियो । नदिमा भत्किएका तटबन्धन तथा बेडबार अवलोकन गरी उनले नियन्त्रणका लागि थप बजेट निनियोजन गरी व्यवस्थित गर्न आवश्यक रहेको बताए ।

बुटवललाइ सुरक्षित बनाउन बुटवल उपमहानगरपालिकाले बजेट बिनियोजन गरेर काम थालिसकेको नगरप्रमुख खेलराज पाण्डेयले बताए । यस्तै उनले बुटवल-गोरुसिंगे सडक निर्माण प्रकृयालाइ सहज बनाउनुपर्ने बताएका छन । उनले बुटवल-नारायणगढ सडक निर्माणमा भएको सुस्तताले यस क्षेत्रको औद्योगिक तथा व्यवसायिक वातावरणमा समेत खलल पुर्याएको भन्दै त्यसले दिएको शिक्षालाई ग्रहण गरेर बुटवल-गोरुसिङ्गे सडक समयमै निर्माण सम्पन्न गर्न र निर्माणको अवधिमा पनि सर्वसाधारणलाई समेत समस्या नहुने प्रक्रिया अवलम्वन गर्न आग्रह गरे ।

पूर्वगृहमन्त्री खाँणले शुक्रबार बुटवल-गोरुसिंगे-चन्द्रौटा सडक योजना कार्यालयका अधिकारीहरुलाई भेटेर सडक पूर्वाधार निर्माणमा हुने गतिरोधले अर्थतन्त्रलाई पनि प्रभाव पार्ने र स्थानीयलाई पनि समस्या हुने भएकाले समयमै सम्पन्न गर्नेगरी काम अगाडि बढाउन आग्रह गरेका हुन ।

त्यसैगरी लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले पनि सबै बाटो एकै पटक नभत्काई पार्टपार्टमा काम गर्न आग्रह गरे ।

बुटवल-गोरुसिंगे-चन्द्रौटा सडक योजना कार्यालयका लेखा अधिकृत तथा सूचना अधिकारी राजेन्द्रप्रसाद आचार्यले २०८१ कात्तिक ४ देखि तीन वर्षमा सम्पन्न गर्नेगरी गत असारमा निर्माण व्यवसायीसंग सम्झौता भएको र सडक क्षेत्रमा पर्ने रुख कटानका लागि कटान आदेश अन्तिम चरणमा रहेको जानकारी गराए । उनले सवारी अवागमनमा असर नपर्नेगरी पहिले सडकको क्षेत्राधिकार क्लियर गर्ने र कुल ५० किलोमिटर मध्ये २५-२५ किलोमिटर दुई भागमा विभाजन गरी काम हुने जानकारी गराए । उनका अनुसार यो सडक विस्तारको काम अव छिटै सुरु हुनेछ ।

बुटवल-गोरुसिंगे-चन्द्रौटा सडक योजना कार्यालयका ईञ्जिनियर जिगेशप्रसाद चौधरीका अनुसार आयोजनाको कुल लम्बाई ५० किलोमिटर रहेको छ । जसमा शहरी क्षेत्रमा फूटपाथ तथा नाली सहित ५० मिटर, ग्रामिण क्षेत्रमा ३७ मिटर र बन क्षेत्रमा २४ मिटर चौडाई सडक निर्माण गरिने छ । उनले प्राप्त भएका सुझावलाई ग्रहण गरी सवारी आवागमनमा पनि समस्या नहुने र समयमै सम्पन्न गर्ने गरी निर्माणको काम अगाडि बढाईने बताए ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ६ : ३५ बजे

निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव

काठमाडौँ । सङ्घीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्नका लागि

काठमाडौँका विभिन्न स्थानमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था सर्वोच्चबाट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशसहित

सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक

नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११