२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

तिनाउ ईङ्गलिस बोर्डिङ स्कुलमा खेल सप्ताह-२०८१ सम्पन्न



बुटवल । तिनाउ ईङ्गलिस बोर्डिङ स्कुलमा खेल सप्ताह-२०८१ समापन गरिएको छ । सप्ताहको आज एक कार्यक्रमका बीच पुरस्कार वितरण गरी समापन गरिएको हो ।

पौष २६ गतेदेखि शुरू भएको कार्यक्रममा ४५ वटा विधाका खेलकुदमा करिब ३८० वटा मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

विद्यालयकी प्राचार्य सीता पाण्डेले बसन्तपञ्चमीको अवसरमा अक्षरारम्भ कार्यक्रम सहित विभिन्न सांस्कृतिक कार्यक्रम तथा शैक्षिक वर्ष २०८० को एकेडेमिक पुरस्कार वितरण गरिने बताइन ।

सो दिन दिन अक्षरारम्भ गर्ने नानीबाबुहरूको भर्नामा विशेष छुट रहने बताइन । कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समिति अध्यक्ष यज्ञमूर्ति पाण्डेले खेल सप्ताहमा विजेतालाई बधाई तथा प्रतिस्पर्धी तथा सहभागी लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा कार्यक्रमलाई सफल गराउन खटिनु हुने सम्पूर्णलाई धन्यवाद दिए ।

उनले यहि महिनामा हुने रजत महोत्सवको तयारीमा जुटेको र अब विभिन्न किसिमका चरणबद्ध कार्यक्रमहरु गरिने बताए । विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख अग्निधर पोखरेलको सञ्चालनमा चलेको कार्यक्रममा संयोजक नारायण पोखरेल तथा इन्चार्जहरुले पुरस्कार वितरणमा सहयोग गरेका थिए ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ६ : ३९ बजे

प्रधानमन्त्री शाहले गरे श्रममन्त्री साहलाई पदमुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रम, रोजगार तथा सामाजिक

श्रममन्त्री साहलाई किन हटाउने तयारी जुटे प्रधानमन्त्री शाह ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रममन्त्री दीपककुमार साहलाई पदबाट

१० औँ वार्षिकोत्सवमा होटल पौवाका सबै शाखाहरुमा ‘स्वाद उत्सव’ सुरु

बुटवल । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ

सुरु भयो पौवा ‘स्वाद उत्सव’

नेपालगन्ज । होटल पौवाको २० वटै शाखामा एकसाथ ‘स्वाद उत्सव’

एमाले अध्यक्ष ओली केही दिन अस्पतालमै रहने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व