११ भदौ २०८३, बिहिबार | August 27, 2026

बुटवलमा भोलीदेखि डेरी एसोसिएसनको २६ औं वार्षिक साधारणसभा

देशभरका २ सय बढी उद्योगका प्रतिनिधि सहभागी हुँदै



बुटवल । नेपाल डेरी एसोसिएसनको २६ औं वार्षिक साधारणसभा भोली सोमबारदेखि बुटवलमा आयोजना हुने भएको छ । साधारणसभामा देशभरका २ सय बढी डेरी उद्योगका प्रतिनिधिहरु सहभागी हुने आयोजकले जनाएको छ ।

डेरी एसोसिएसन लुम्बिनी प्रदेशको आतिथ्यतामा हुने कार्यक्रममा सातै प्रदेशका उत्कृष्ट उद्योगीहरुलाई सम्मान, उत्कृष्ट कृषक सम्मान, युवा व्यवसायीलाई सम्मान तथा कृषि पत्रकारिता पुरस्कार समेत प्रदान गरिने कार्यक्रम संयोजक थानेश्वर न्यौपानेले बताए । एसोसिएसनका लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका न्यौपानेका अनुसार वार्षिकोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा डेरी क्षेत्रका सरोकारवाला निकायका प्रतिनिधि, कृषि तथा पशुपन्छी बिकास मन्त्रालय, राष्ट्रिय दुग्ध बिकास बोर्ड, पशु सेवा विभाग, दुग्ध बिकास संस्थान, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका प्रतिनिधि लगायतको उपस्थितीमा वृहत अन्तरक्रिया गरिने भएको छ ।

वार्षिकोत्सवको अवसरमा डेरीजन्य विभिन्न प्रविधि, उत्पादन तथा जानकारीमूलक सामग्रीहरुको स्टलसमे राखिने नेपाल डेरी एसोसिएसनका महासचिव हेमचन्द्र खनालले जानकारी दिए । एसोसिएसनका अनुसार नेपालमा दैनिक ६२ लाख लिटर दुध उत्पादन हुने गर्दछ । दैनिक दूध खपत ३१ लाख लिटर हुने गर्दछ ।

एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालका अनुसार निजी क्षेत्रले मात्रै दुग्धजन्य उद्योगबाट ५० हजार बढीलाई रोजगार सिर्जना हुने गरेको छ भने ५० अर्ब बढी लगानी गरेको छ ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ६ : ०६ बजे

भोटेकोशी बाढी : हालसम्म १६२ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा

बडीमालिका मुख्य पूजासहित मेला

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका भगवती मन्दिरमा

बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

त्रिशूली । भोटेकोशी नदीमा आएको बाढीले नुवाकोट र रसुवा स्थित

भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा

टप एण्ड टी–२० सिरिजः आज हैदराबादसँग खेल्दै नेपाल ‘ए’

काठमाडौं । अष्ट्रेलियमा भइरहेको टप एण्ड टी-२० सिरिजमा नेपाल ‘ए’