बुटवल । नेपाल डेरी एसोसियसनको २६ औं साधारणसभा तथा स्थापना दिवस २०८१ आज बुटवलमा हुने भएको छ ।साधारणसभामा देशभरका २ सय बढी डेरी उद्योगका प्रतिनिधिहरु सहभागी हुने आयोजकले जनाएको छ ।
डेरी एसोसिएसन लुम्बिनी प्रदेशको आतिथ्यतामा हुने कार्यक्रममा सातै प्रदेशका उत्कृष्ट उद्योगीहरुलाई सम्मान, उत्कृष्ट कृषक सम्मान, युवा व्यवसायीलाई सम्मान तथा कृषि पत्रकारिता पुरस्कार समेत प्रदान गरिने कार्यक्रम संयोजक थानेश्वर न्यौपानेले बताए ।
एसोसिएसनका लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका न्यौपानेका अनुसार वार्षिकोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा डेरी क्षेत्रका सरोकारवाला निकायका प्रतिनिधि, कृषि तथा पशुपन्छी बिकास मन्त्रालय, राष्ट्रिय दुग्ध बिकास बोर्ड, पशु सेवा विभाग, दुग्ध बिकास संस्थान, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका प्रतिनिधि लगायतको उपस्थितीमा वृहत अन्तरक्रिया गरिने भएको छ ।
वार्षिकोत्सवको अवसरमा डेरीजन्य विभिन्न प्रविधि, उत्पादन तथा जानकारीमूलक सामग्रीहरुको स्टलसमे राखिने नेपाल डेरी एसोसिएसनका महासचिव हेमचन्द्र खनालले जानकारी दिए ।
उद्योगीको हकहितमा अग्रसर संस्थाको माघ ७ गते सोमबार स्थापना दिवस अन्तरगत सातै प्रदेशका उत्कृष्ट उद्योगीलाई सम्मान, दीर्घ सम्मान, राष्ट्रिय डेरी सम्मान, कृषि पत्रकारीता सम्मान गरिने एसोसियसनका अध्यक्ष प्रल्हाद दाहालले बताए ।
उनले दैनिक संकलन उत्पादन ६२ लाख लिटर दुध उत्पादन हुने गरेकोमा त्यसको आधामात्र बजारमा खपत भईरहेको जानकारी दिए । निजी क्षेत्रको डेरी उद्योगमा अनुमानित लगानी ५० अर्ब रहेको र ५० हजार जनालाई रोजगार दिन सफल भएको उनले बताए ।



















प्रतिक्रिया