११ असार २०८३, बिहिबार | June 26, 2026

बुटवलमा आज नेपाल डेरी एसोसियसनको २६ औं साधारणसभा हुने



बुटवल । नेपाल डेरी एसोसियसनको २६ औं साधारणसभा तथा स्थापना दिवस २०८१ आज बुटवलमा हुने भएको छ ।साधारणसभामा देशभरका २ सय बढी डेरी उद्योगका प्रतिनिधिहरु सहभागी हुने आयोजकले जनाएको छ ।

डेरी एसोसिएसन लुम्बिनी प्रदेशको आतिथ्यतामा हुने कार्यक्रममा सातै प्रदेशका उत्कृष्ट उद्योगीहरुलाई सम्मान, उत्कृष्ट कृषक सम्मान, युवा व्यवसायीलाई सम्मान तथा कृषि पत्रकारिता पुरस्कार समेत प्रदान गरिने कार्यक्रम संयोजक थानेश्वर न्यौपानेले बताए ।

एसोसिएसनका लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका न्यौपानेका अनुसार वार्षिकोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा डेरी क्षेत्रका सरोकारवाला निकायका प्रतिनिधि, कृषि तथा पशुपन्छी बिकास मन्त्रालय, राष्ट्रिय दुग्ध बिकास बोर्ड, पशु सेवा विभाग, दुग्ध बिकास संस्थान, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका प्रतिनिधि लगायतको उपस्थितीमा वृहत अन्तरक्रिया गरिने भएको छ ।

वार्षिकोत्सवको अवसरमा डेरीजन्य विभिन्न प्रविधि, उत्पादन तथा जानकारीमूलक सामग्रीहरुको स्टलसमे राखिने नेपाल डेरी एसोसिएसनका महासचिव हेमचन्द्र खनालले जानकारी दिए ।

उद्योगीको हकहितमा अग्रसर संस्थाको माघ ७ गते सोमबार स्थापना दिवस अन्तरगत सातै प्रदेशका उत्कृष्ट उद्योगीलाई सम्मान, दीर्घ सम्मान, राष्ट्रिय डेरी सम्मान, कृषि पत्रकारीता सम्मान गरिने एसोसियसनका अध्यक्ष प्रल्हाद दाहालले बताए ।

उनले दैनिक संकलन उत्पादन ६२ लाख लिटर दुध उत्पादन हुने गरेकोमा त्यसको आधामात्र बजारमा खपत भईरहेको जानकारी दिए । निजी क्षेत्रको डेरी उद्योगमा अनुमानित लगानी ५० अर्ब रहेको र ५० हजार जनालाई रोजगार दिन सफल भएको उनले बताए ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ८ : ५९ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा