२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

कालीगण्डकी कोरिडोरको बागलुङ खण्ड : पर्याप्त बजेट छैन



बागलुङ । भारत–चीन जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डमा धमाधम काम भइरहेको छ । त्रिदेशीय सडकका रुपमा रहेको कोरिडोर कालोपत्र हुन थालेपछि यात्रा पनि सहज बन्दै गएको छ । चौध वर्ष अगाडि सुरु भएको कोरिडोर आयोजना हालसम्म बागलुङ खण्डमा करिब ७५ प्रतिशत काम सम्पन्न भएको छ ।

आर्थिक वर्ष २०६७÷६८ देखि सुरु भएको आयोजना अन्तर्गत बागलुङमा दुई खण्डमा काम भइरहेको हो । गुल्मीको कालीगण्डकी गाउँपालिका–६ र बागलुङको जैमिनी नगरपालिका–८ को सिमाना पालुङखोलादेखि मालढुङ्गासम्म ३४ किलोमिटर सडक बागलुङमा पर्छ ।

उक्त खण्डमा दुई वटा ठेक्का लगाएर काम गरिरहेको कालीगण्डकी कोरिडोर आयोजना कार्यालय पाल्पाका सूचना अधिकारी इञ्जिनीयर अरुण खत्रीले जानकारी दिए । उनका अनुसार हालसम्म आठ किलोमिटर कालोपत्र भइसकेको छ,भने २६ किलोमिटर सडक भने फराकिलो बनाउने कार्य भइरहेको छ । धेरै ठाउँमा सडक कालोपत्रका लागि तयारी भएको भन्दै अहिले चिसोले गर्दा काम रोकिएको उनको भनाइ छ ।

पालुङखोलादेखि बलेवासम्मको २४ किलोमिटर कालिका कन्स्ट्रक्सन र बलेवादेखि मालढुङ्गासम्मको १० किलोमिटर खड्का/कृष्ण/बीएन जेबीले जिम्मा लिएर काम गरिरहेको इञ्जिनीयर खत्रीले बताए । उनका अनुसार, “बागलुङको दुई वटै खण्डमा धमाधम काम भइरहेको छ, पहिले बजेट कमी हुँदा तीव्र गतिमा काम हुनसकेको थिएन, अहिले पनि पर्याप्त बजेट छैन, यद्यपि काम चाहीँ भइरहेको छ, साढे आठ किलोमिटर सडकमा कालोपत्र भइसकेको छ, अन्य बाँकी सडक पनि कालोपत्रको लागि तयारी अवस्थामा छ, गर्मी याम सुरु भयो भने काम हुने छ ।”

कोरिडोरले बागलुङको जैमिनी र बागलुङ नगरपालिकालाई जोडेको छ ।

जैमिनी नगरपालिकामा १९।५ किलोमिटर र बागलुङ नगरपालिकामा १४।५ किलोमिटर पर्छ । तीन देश जोड्ने कारिडोरले बागलुङमा ठूलो सम्भावना उजागर गरेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए। सडकले व्यापार व्यवसायसँगै पर्यटन प्रवद्र्धनमो ठूलो टेवा पु¥याउने उनको भनाइ छ ।

“कोरिडोर एउटा देशमा मात्रै छैन, यसले तीन वटा देशलाई जोडेको छ, त्रिदेशीय सडकले दक्षिण बागलुङका आम नागरिकलाई ठूला सहर पोखरा, बुटवल र भैरवाहसँग पहुँच विस्तार गरेको छ, धार्मिक पर्यटनको क्षेत्रका रुपमा विकास हुँदै गएको छ,” उनले भने, “अब गाउँमा उत्पादन भएका वस्तु सहज रुपमा बजारीकरण हुने छन् भने व्यावसायिक वातावरण तयार भएर बसाइँसराइ रोकिने छ, कोरिडोर पैसा बोकेर आएको अब यसलाई समात्न सक्ने क्षमता हामीहरुले राख्नुपर्छ ।”

नवलपुरको गैँडाकोटदेखि कोराला नाकासम्म चार सय ९५ किलोमिटर रहेको कोरिडोर बागलुङको मालढुङ्गा दुई सय ४० किलोमिटर लामो रहेको छ । यसले मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वतसहितका जिल्लाबाट बुटवल, भैरहवाह र भारतसम्म पुग्ने यात्रासमेत छोट्याइ दिएको छ ।
रासस

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ९ : ०२ बजे

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन साहको ऐतिहासिक जीत, केपी शर्मा ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा

राप्रपाले खाता खोल्यो, जुम्लाबाट ज्ञानेन्द्र शाही निर्वाचित, रास्वपा उम्मेदवारको जमानत फर्केन

जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेशको जुम्लाबाट प्रतिनिधिसभा सदस्यका

मोदीले बधाई सन्देश दिँदै भने – निर्वाचन परिणाम नेपालको लोकतान्त्रिक यात्रामा ऐतिहासिक कोसेढुंगा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको निर्वाचन र यसको

गोकर्ण विष्टको हारपछि मदानेका युवा संघ अध्यक्ष भट्टराईले दिए राजीनामा

गुल्मी । नेकपा (एमाले) निकट युवा संघ नेपालको मदाने गाउँकमिटीका