११ असार २०८३, बिहिबार | June 26, 2026

‘आर्थिक क्षेत्रमा दुग्ध क्षेत्रको योगदान महत्वपूर्ण’



बुटवल । नेपाल डेरी एसोसिएसनको २६ औं वार्षिक साधारणसभा तथा स्थापना दिवस विशेष कार्यक्रम लुम्बिनी प्रदेशको बुटवलमा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले कृषि तथा दुग्ध क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गरिरहेको बताए । मुलुकको आर्थिक समृद्धिका लागि दुग्ध क्षेत्रको योगदान महत्वपूर्ण रहेको रहेको उनको भनाइ छ । उपभोक्ताले स्वस्थ तथा गुणस्तरीय दूध खान पाउने अधिकारलाई ख्याल गर्दै गुणस्तरीय दूध उत्पादन गर्न पनि मन्त्री पन्थीले सुझाव दिए ।

कार्यक्रममा बोल्दै नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कार्यक्रमका सभापति प्रल्हाद दाहालले एसोसिएसनले देशभरका उद्योगीलाई समेटेर दुग्ध क्षेत्रको विकासमा निरन्तर काम गरिरहेको बताए । स्थानीय तह, प्रदेश र केन्द्र सरकारसँग आवश्यक सहकार्य गर्दै एसोसिएसनले विविध गतिविधिहरु गरिरहेको उनको भनाइ छ ।

दुग्ध क्षेत्रको व्यावसायिक विकास र निर्यातका सम्भावनाहरुको खोजीका लागि एसोसिसन निरन्तर सक्रिय रहेको उनले बताए ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले दुग्ध क्षेत्रको समग्र विकासका लागि बोर्डले नीति नियम बनाउनेदेखि आवश्यक कामहरु गरिरहेको बताए । गुणस्तरीय दूध उपभोक्तालाई दिनुपर्ने उनको भनाइ छ ।

निर्यातका लागि सातै प्रदेश र संघमा बजेट बिनियोजन भइसकेको उनले जानकारी दिए । आन्तरिक र बाह्य प्रयाप्त बजार रहेको बताउँदै उनले बजारको पहिचान गर्नुपर्ने धारणा राखे । डेरी क्षेत्र प्रविधि र यान्त्रीकरणमा जानुपर्ने उनको जोड छ ।

कार्यक्रममा बोल्दै पशु सेवा विभागका उपमहानिर्देशक डा. लेखराज दाहालले पशुपालन तथा दुग्ध क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताउँदै डेरी प्रडक्टहरुको विविधीकरण गरी निर्यातमा जानुपर्ने सुझाव दिए । निर्यात बढाउनका लागि सरकारले आवश्यक पहल गरिरहेको उनको भनाइ छ ।

कार्यक्रममा रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्ण पराजुली, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, रुपन्देही व्यापार संघका केदार नेपाल, घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष गणेशप्रसाद अधिकारी, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष तेजकुमार पाठक, नेपाल डेरी एसोसिएसनका पूर्व अध्यक्षहरु सुमित केडिया, मेघराज भण्डारी, एसोसिएसनका सल्लाहकार हिरा केसी, संस्थापक सदस्य लिलाधर पन्थी, डेरी उद्योग संघका बिक्रम रिजाल, सिडिक्यानका हरि काफ्ले, लुम्बिनी विशिष्टीकृत सहकारी संघ लि.का अध्यक्ष ज्ञानु पौडेल, नेपाल डेरी एसोसिएसनका महासचिव हेमचन्द्र खनाल, प्रदेश अध्यक्ष एवं कार्यक्रम संयोजक थानेश्वर न्यौपाने लगायतले दुग्ध क्षेत्रको योगदान र सम्भावनाहरुको बारेमा चर्चा र्दै २६औं स्थापनाको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

कार्यक्रममा एसोसिएसनका देशभरका २ सय भन्दा बढी सदस्यहरुको उपस्थिति रहेको एसोसिएसनका सहसचिव शिव भुसालले जानकारी दिए । कार्यक्रममा डेरी क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने विभिन्न उद्योग तथा व्यक्तिहरुलाई सम्मानसमेत गरिएको थियो ।

एसोसिएसनको साधारणसभाले महासचिव, कोषाध्यक्ष र प्रदेश अध्यक्षहरुको प्रतिवेदन माथि छलफल गरी सर्वसम्मत पारित भएको छ । एसोसिएसनको साधारणसभाले ‘नेपाल डेरी एसोसिएसन युवा मञ्च’ गठन गर्ने निर्णय गरेको छ । सातै प्रदेशमा कोल्ड स्टोर स्थापना गर्ने र पाउडर प्लान्ट नभएका प्रदेशमा प्लान्ट स्थापनामा पहल गर्ने एसोसिएसनले जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ५ : १९ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा