७ माघ २०८२, बुधबार | January 21, 2026

धरानलाई खानेपानी माग्दै खानेपानी मन्त्रालय पुगे धरानका मेयर हर्क साम्पाङ



काठमाडौं । धरानलाई खानेपानी माग्दै रित्तो गाग्री बोकेर काठमाडौं आएका मेयर हर्क सम्पाङ सिंहदरबारस्थि खानेपानी मन्त्रालयमा पुगेका छन् । उनी संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्‍दै रित्तो गाग्री बोकेर सोमबार काठमाडौं आएका थिए ।

आज रित्तो गाग्रीसहित सिंहदरबार छिर्ने तयारी गरेको भए पनि उनी खानेपानी मन्त्रालयभित्र गाग्रीसहित प्रवेश गर्न नपाइने भएकोले उनलाई गाग्रीविनै गेटबाट सुरक्षाकर्मीले प्रवेश गराएका हुन् ।

उनले यसअघि धरानको भानुचोकमा रितो गाग्री बोकेर प्रदर्शन गरेका थिए । उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट्ने कार्यक्रम रहेको छ । धराने जनतालाई स्थायी रूपमा खानेपानीको व्यवस्था गर्न कोशीको पानी ल्याउनुको विकल्प नरहेको र त्यसका लागि केन्द्रीय सरकारले बजेट छुट्याउनैपर्ने उनको जिकिर छ । सुरुङमार्फत तमोर नदीकाे ल्याउने योजना दिवा सपना मात्रै भएको उनले बताए ।

तमोरको पानी ल्याउँदा ड्याम्प बनाउनुपर्ने र त्यसले हजारौं स्थानीयलाई विस्थापित गर्ने र जलाधार क्षेत्र समेत नाश हुने उनको तर्क छ । उनले आफ्नो कार्यकालभरि त धराने जनतालाई जसरी पनि पानी खुवाउने तर आगामी ५०-१०० वर्षपछिकाे लागि व्यवस्था गर्न कोशीकै पानी ल्याउनुपर्ने जिकिर छ ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  १२ : ३३ बजे

केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दल र उम्मेदवारको

प्रदेशकै ठूलो लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुँदै

बुटवल । लुम्बिनी प्रदेशकै ठूलो सरकारी अस्पताल बुटवलको लुम्बिनी प्रादेशिक

बालेनद्वारा झापा-२ की उम्मेदवार इन्दिरा रानामगरलाई घरमै पुगेर समर्थन

झापा । झापा-५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

उज्यालो नेपाल पार्टीले उठायो १२० स्थानमा उम्मेदवार

काठमाडौं । सरकार छाडेर उज्यालो नेपाली पार्टी (उनेपा) को नेतृत्व