७ आश्विन २०८३, बुधबार | September 23, 2026

राजीनामा दिन आउँछु, आउँदै छु भनेका धरानका मेयर हर्क साम्पाङ कार्यालय नआएपछि…



धरान । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीस्वरूप आइतबार (माघ ४) मेयर पदबाट राजीनामा दिने तयारी गरेका धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ निर्धारित समयमा कार्यालय नआएपछि राजीनामाबारे अन्योल सिर्जना भएको छ ।

मेयर साम्पाङले आइतबार मध्याह्न साढे १२ बजेतिर कार्यालयमा आएर राजीनामा बुझाउने तयारी रहेको जानकारी उपमेयर अईन्द्र विक्रम बेघालाई टेलिफोनमार्फत गराएका थिए । सोही जानकारीका आधारमा उपमेयर बेघा र कर्मचारीहरू कार्यालयमा उपस्थित भई उनको प्रतीक्षा गरेका थिए ।

तर, दिउँसो ४ बजेसम्म पनि मेयर साम्पाङ कार्यालय नआएपछि उपमेयर बेघा कार्यालय समय सकिएपछि फर्किएका छन् । उपमेयर बेघाले भने, “उहाँले उम्मेदवार बन्छु होला, म आउँछु होला भन्दै फोन गर्नुभएको थियो । दिनभर पर्खिएँ तर आउनुभएन ।”

बेघाका अनुसार दिउँसो करिब अढाई बजेतिर फेरि आउँछु भनेर मेयर साम्पाङले फोन गरेका थिए । तर त्यसपछि न फोन आयो न त उनी कार्यालय नै पुगे । कार्यालय समय सकिएकाले आफू फर्किएको उपमेयर बेघाले बताए ।

श्रम संस्कृति पार्टी स्थापना गरेर प्रतिनिधिसभा निर्वाचनमा भाग लिने घोषणा गरिसकेका साम्पाङले यसअघि नै मेयर पदबाट राजीनामा दिने सार्वजनिक घोषणा गरेका थिए । उनी पछिल्लो समय चुनावी अभियानमा सक्रिय देखिएका छन् ।

मेयर साम्पाङ राजीनामा दिन आउने सूचना पाएपछि धरान उपमहानगरपालिकाको कार्यालयमा पत्रकारहरू समेत दिनभर उनको प्रतीक्षामा बसेका थिए । तर, उनी नआएपछि राजीनामा कहिले दिने भन्ने विषयमा अन्योल कायमै रहेको छ ।

यसैबीच, आजै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले भने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीस्वरूप आइतबार नै मेयर पदबाट राजीनामा दिएका छन् ।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ५ : ०४ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज