३० माघ २०८१, बुधबार | February 12, 2025

अझैपनि हिंसा पीडित छन् दलित महिला



बर्दिया । समाजमा अझैपनि दलित महिला तुलनात्मक रुपमा बढि हिंसापीडित भएको बर्दियामा एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । बर्दियाको गुलरिया मा सञ्चारमाध्यममा दलित महिलाको पहुँच अभिवृद्धिका लागि सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सो कुरा बताएका हुन् ।

दलित महिला संघको आयोजनामा गरिएको कार्यक्रममा दलित महिला संघकी अध्यक्ष हिमा सुनारले अझैपनि अरुको तुलनामा दलित महिलाहरु हिँसामा बढी पर्ने गरेको बताइन् । उनले प्रहरी कार्यालयमा आउने घटना सँगसँगै अन्य अध्ययन र रिपोर्टहरुले पनि दलित समुदायका महिलाहरुले बढि हिँसा भोग्नु परेको पुष्टी हुने बताइन् । घरेलु हिँसा र बालविवाहको शिकार दलित समुदायमा नै बढै देखिएको छ । उनले भनिन्े – दलित महिलाहरुको सवाल अझैपनि सञ्चार मध्यमबाट बाहिर आउन सकेको छैन । त्यसको लागि सञ्चारकर्मीहरुले दलित महिलाको हक अधिकारको कलम चलाउनु पर्दछ । ’

अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरेले पत्रकारहरूले दलित महिला लगायत अन्य पछाडि परेका समुदायमा पक्षमा निरन्तर कलम चलाउँदै आएको बताए । उनले भने, ‘ पत्रकारहरूले जातीय विभेद र मानव अधिकार पक्षमा निरन्तर काम गर्दै आएका छन। पत्रकारले पनि त्यहीअनुसार काम गर्नेछन् ।’

अन्तरक्रिया कार्यक्रममा बर्दिया जिल्लामा रहेका सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  १० : ०१ बजे

झापामा महिलाको शव फेला

झापा । झापाको शिवसताक्षी नगरपालिका-११ दुधेमा एक महिलाको शव नग्न

आजको मौसम : देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको

भक्तजनद्वारा पशुपतिनाथको छायाँ दर्शन

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल चतुर्दशीका दिन मनाइने पशुपतिनाथको

श्री स्वस्थानी व्रत समापन गरिँदै

काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो

खुकुरी प्रहार गरी दुई जनाको हत्या, आरोपित व्यक्तिको शव भेटियो

रूकुम पश्चिम । रूकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठ