काठमाडौं । नेपालले सुरूवातमा राम्रो गरे पनि अष्ट्रेलिया आक्रामक देखिएका छन् । टस हारेर फिल्डिङ रोजेको नेपालले ४ ओभरमा ३ विकेट लिन सफल भए पनि अहिले अष्ट्रेेलियाले थप १ बिकेट गुमाएर १३ ओभरमा ८६ रन जोड्न सफल भएको छ ।
कप्तान पुजा महतोले तीनै बिकेट लिदाँ अष्ट्रेलियाले भने जम्मा २० रन जोडेको थियो । त्यसपछि एक रिया शर्माले बिकेट मात्र झार्न नेपाल सफल भएकी छिन् । नेपालले आइसिसी यु-१९ महिला टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा अस्ट्रेलियाविरुद्ध पहिला फिल्डिङ गरेको हो ।
मलेसियाको वाइएसडी युकेएम ओभलमा अस्ट्रेलियाकी कप्तान लुसी ह्यामिल्टनले टस जितेर ब्याटिङको निर्णय लिएकी थिईन् । नेपाल पहिलो जितको लक्ष्यमा मैदानमा रहेको छ । अघिल्ला खेलमा नेपालले बंगलादेशसँग पाँच र स्कटल्यान्डसँग एक विकेटको हार बेहोरेको थियो ।


















प्रतिक्रिया