२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

नेपालमा लगानी भित्र्याउन वंशजको नागरिकता आवश्यक छ : संयोजक घिमिरे



काठमाडौं । अमेरिकाबाट फर्किएर पुख्र्यौली पेसा (रेस्टुरेन्ट, होटल व्यवसाय) सुरु गरेका पर्यटन व्यवसायी वासुदेव घिमिरेको सपना छ, आफूजस्ता धेरै नेपालीको पुँजी, सीप र ज्ञान स्वदेश भित्र्याउने । तर, यो सपना यथार्थमा परिणत गर्न कम चुनौती छैन । किनकि निकै पेचिलो बनिरहेको नागरिकताको विषयले घिमिरेलाई चिन्तित तुल्याएको छ ।

नेपालमा पर्यटन क्षेत्रमा लगानी विस्तार गरेका गैरआवासीय नेपाली नागरिक घिमिरेलाई यहाँ बस्ने स्थायी भिसा छैन, त्यसैले उनी नेपाल-अमेरिका आउजाउ गरिरहन्छन । नेपाली नागरिकको हैसियत पाए आफू जस्ता धेरै नेपालीले यहाँ लगानीको बहार ल्याउने उनको दाबी छ । वंशजको नेपाली नागरिकताको निरन्तरता हुन सके वासुजस्ता लाखौँ नेपाली स्वदेश फर्किएर आफूसँगै पुँजी र सीप लिएर आउने घिमिरेको जिकिर छ ।

विदेशमा जुनसुकै पेसा-व्यवसाय गरेको भए पनि ६० वर्ष उमेरहद नाघेपछि उसले राज्यबाट ‘पेन्सन’ पाउने व्यवस्था हुन्छ । यदि विदेशिएका नेपालीहरुको वंशजका नागरिकताले निरन्तरता पाउने हो भने उनीहरुसँगै सीप, ज्ञान र अर्बौं रुपैयाँ नेपाल भित्रने ‘नागरिकता खोइ रु’ अभियानका संयोजक वासु घिमिरे बताउँछन । यसरी वंशजको नागरिकता दिँदा राज्यलाई कुनै घाटा नहुने उनको तर्क छ ।

“एनआरएन नागरिकताले गैरआवासीय नेपालीहरुको नेपालमा लगानी भित्र्याउन सकेन । त्यसैले वंशजको नागरिकताको आवश्यकता महसुस भएको हो”, संयोजक घिमिरेले भने, “अब विदेशमा सिकेको सीप, ज्ञान र पुँजीलाई नेपालमा लगानी बढाउनुपर्छ भनेर पाँच महिनादेखि पैरवी गरिरहेका छौँ ।”

वंशजका आधारमा एनआरएनलाई नेपाली नागरिकताको निरन्तरता भएको खण्डमा विश्वभरिबाट पाँच लाख नेपाली भित्रिने र यसबाट अर्बौं रुपैयाँ नेपाल भित्रिने उनको दाबी छ । यो अभियानबारे नेपालका प्रमुख राजनीतिक दलहरुसँग पनि ‘लबिङ’ गरिएको संयोजक घिमिरेले बताए ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  ८ : ११ बजे

सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

म्याग्दी । प्रशासनिक कामले यसै हप्ता जिल्ला सदरमुकाम बेनी आएकी

तन सहरमा, मन गाउँ विकासमा : बुटवल-रामपुर जोड्दै सामाजिक अभियान

बुटवल । रुपन्देही-“जहाँ रहे पनि जन्मभूमिको माया र समुन्नतिका लागि

आजको मौसम : लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको

हलेसी तुवाचुङ नगरपालिकाले विस्थापित नागरिकको आवास बनाउन सहयोग गर्ने

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले काठमाडौंलगायत विभिन्न सहरबाट विस्थापित

संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीश नियुक्तिबारे छलफल हुने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा आज संवैधानिक परिषद्को बैठक