२९ चैत्र २०८२, आइतबार | April 12, 2026

आगलागीको अफवाह पछि रेलबाट हामफाल्दा मुम्बईमा मृत्युको हुनेको संख्या १३ पुग्यो



मुम्बई । महाराष्ट्रको जलगाउँमा एउटा अफवाहले १३ जनाको ज्यान लिएको छ । बुधबार साँझ उत्तर महाराष्ट्रको जलगाउँ जिल्लामा रहेको पुष्पक एक्सप्रेसमा आगलागी भएको अफवाह यति धेरै फैलियो कि यात्रुहरूले ट्रेनबाट हाम फालेर आफ्नो ज्यान बचाउनु नै राम्रो ठाने तर ज्यान जोगाउन खोज्दा उल्टै उनीहरूको ज्यान गयो ।

यात्रुले रेलको चेन तानेर बाहिर निस्कन थाले भने केहीले रेलबाट हाम फालेका थिए । केही यात्रुहरू ट्र्याकमा यता उता दौडन थाले । यसैबीच अर्को ट्र्याकमा आउँदै गरेको तीव्र गतिको कर्नाटक एक्सप्रेसले उनलाई नराम्ररी कुल्चियो । यस दुर्घटनामा हालसम्म १३ जनाको मृत्यु भएको जनाएको छ ।

यो दुर्घटना यति डरलाग्दो थियो कि कल्पना गर्दा पनि मुटु नै काप्न थाल्छ । ट्र्याकमा जताततै शरीरका टुक्रा टुक्रा देखा परेका थिए। यो दृश्य देख्ने जो कोही डराए । जताततै लाश र कोलाहल थियो । अहिले पीडितलाई क्षतिपूर्ति दिने घोषणा गरिएको छ ।

दुर्घटनाको केही समयपछि स्थानीयवासी घाइतेको उद्धारका लागि घटनास्थल पुगेका थिए । यो दुर्घटनालाई नजिकबाट देखेका एक यात्रुले गुडिरहेको ट्रेनमा अचानक ब्रेक लागेको बताए । केही यात्रुले एउटा डिब्बामा आगो लागेको बताएका छन् । त्यसपछि त्यहाँ कोलाहलको वातावरण सिर्जना भएको थियो ।

खासमा पुष्पक एक्सप्रेस लखनउबाट मुम्बई जाँदै थियो। सो रेल फुल स्पीडमा थियो तर बुधबार दिउँसो ४ः४२ बजेको थियो, जब ट्रेन मुम्बईबाट ४२५ किलोमिटर टाढा जलगाउँको पचोरा रेलवे स्टेशन नजिक पुगिसकेको थियो। त्यही क्रममा रेलको ४ नम्बर बोगीमा धुवाँ उठेको अर्थात् आगलागी भएको हल्ला रेल भित्र फैलियो ।

यो सुनेपछि त्यहाँ हंगामा मच्चियो । यात्रुहरू रेलबाट ओर्लेर दौडन थाले र आफ्नो ज्यान जोगाउन खोज्दा विपरित दिशाबाट आउँदै गरेको कर्णाटक एक्सप्रेसले ठक्कर दिए । केही बेरमै ट्र्याकमा शव मात्रै देखिन्थे ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  ८ : २९ बजे

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

मलेखु । सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ

अम्पायरबारे टिप्पणीपछि करण केसी एक खेलका लागि निलम्बित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडी

दाङमा पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ । तुलसीपुर उपमहानगरपालिका-१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा च्यापिएर

प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन

मुम्बई । भारतीय संगीतकी प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षको

राष्ट्रपति पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष दाहालको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति