५ श्रावण २०८३, मंगलबार | July 21, 2026

सबैले मेहनत गरे चाँडै नेपाललाई आर्थिक रुपमा गतिशील बनाउन सकिने छ : अध्यक्ष प्रचण्ड



नेपालगन्ज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैले इमान्दारितापूर्वक मेहनत गरेमा नेपाललाई चाँडै आर्थिक रुपमा गतिशील बनाउन सकिने बताएका छन् । नेपालगन्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको प्रादेशिक महोत्सवको आज उद्घाटन गर्दै उनले सकारात्मक सोचसहित सबै मेहनतका साथ अघि बढ्ने हो भने नेपाललाई राजनीतिक र आर्थिक रुपमा गतिशील बनाउन सकिने बताएका हुन् ।

नेपालमा केही पनि भएन, राजनीतिक परिवर्तनले आर्थिक क्षेत्रमा केही रुपान्तरण ल्याएन भन्ने भाष्य सही नभएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले गर्न संभव छ भन्ने सकारात्मक सोचसहित सबै मेहनतका साथ अघि बढ्ने हो भने नेपाललाई राजनीतिक र आर्थिक रुपमा गतिशील बनाउन सकिने बताए ।

आफूले प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गर्दा नाका क्षेत्रको आर्थिक गतिविधि सहज बनाउने गरी थुप्रै निर्णय गरेको स्मरण गराउँदै उनले भारतसँगको विद्युत व्यापार, नेपाल,भारत र बङ्गलादेशसँगको त्रिदेशीय विद्युत व्यापार सम्झौताले नेपालको अर्थतन्त्रमा दीर्घकालीन प्रभाव पार्ने बताए । त्यस्तै आफूले प्रधानमन्त्रीको रुपमा चीन भ्रमण गर्दा एकैसाथ आठवटा नाका सञ्चालन गर्ने सहमति गरेको जानकारी दिँदै संयुक्त राष्ट्रसङ्घको महासभा, कोप २८ लगायतका अन्तर्राष्ट्रिय मञ्चमा गरिएका पहलबाट नेपालको आर्थिक कुटनीतिमा दीर्घकालीन महत्त्वका काम थालनी गरिएको जिकिर गरे।

नेपालगन्ज क्षेत्रको विकासमा आफूले अभिभावकत्व लिदै आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले महोत्सव भइरहेको स्थान रहेको दश बिगाहा जमीन उद्योग वाणिज्यलाई ५० वर्ष लिजमा मन्त्रीपरिषद् बैठकबाट निर्णय गराएको भए पनि अर्को सरकारले खोसेकोमा दु:ख व्यक्त गरे । पुन: सो जग्गा संघलाई दिलाउन आफुले पहल गर्ने प्रतिबद्दता ब्यक्त गरे ।

यस क्षेत्रको आर्थिक विकासमा योगदान पुगोस भनेर नेपालगन्ज(गुलरिया सडक लगायतका विभिन्न परियोजना अघि बढाउन आफूले पहल गरेको उल्लेख गर्दै उनले प्रादेशिक संरचनाले बाँके बर्दियालाई समस्या भएको भन्ने गुनासोप्रति ध्यानाकर्षण भएको बताए । अब संविधानको समीक्षा गर्ने बेलामा प्रादेशिक संरचनाको पनि समीक्षा हुने उनले स्पष्ट पारे ।

संघका अध्यक्ष टंक धामीको अध्यक्षतामा भएको उदघाटन कार्यक्रमलाई कांग्रेस सहमहामन्त्री एवं संघीय सांसद किशोरसिंह राठौर, एमाले केन्द्रीय सदस्य एवं संघीय सांसद सुर्य ढकाललगायतले महोत्सवको सफलताको शुभकामना दिएका थिए ।

महोत्सवको उदघाटन पूर्व नेपालगन्ज उद्योग बाणिज्य संघको कार्यालयबाट बिभिन्न कला र संस्कृति झल्कने झाँकीहरु नगर परिक्रमा गर्दै महोत्सव स्थल पुगेको थियो ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  ७ : ०८ बजे

कक्रोच पार्टीको संसद मार्चमा मिडियाविरुद्ध आक्रोश, संचारकर्मीबीच चर्कियो बहस

कुनै पनि ठूलो विरोध प्रदर्शनमा सञ्चारमाध्यम वा पत्रकारहरू आन्दोलनकारीको निशानामा

विश्वविजेता स्पेनको स्वदेशमा भव्य स्वागत, २० लाख समर्थक सडकमा उत्रिए

काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि जितेर स्वदेश फर्किएको

बौद्धमा एक युवतीद्वारा आत्मदाह प्रयास

काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध गेट नजिक एक युवतीले पेट्रोल

भ्याट बिल लिने ग्राहकलाई सरकारको ‘लखपति’ योजना

काठमाडौं । सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा

पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने

काठमाडौं । विनियोजित बजेटबाट नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा