२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

मुलुकको आर्थिक अवस्था सुधार गर्न अध्यादेश ल्याइएको हो : संचारमन्त्री गुरुङ



बुटवल । नेपाल सरकारका संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको आवश्यकता तत्काल पूरा गर्नका लागि अध्यादेश ल्याइएको उल्लेख गरेका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले मुलुकको आर्थिक अवस्थालाई सुधार गर्न निजी क्षेत्रलाई प्रोत्साहन तथा लगानीसँग सम्बन्धित क्षेत्रहरुको नितीगत कुराहरुलाई तत्काल सुधार गर्नुपर्ने आवश्यकता अनुसार सरकारले अध्यादेश ल्याएको जिकिर गरे ।

प्रेस चौतारी नेपाल, रुपन्देहीले बिहिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले भने, ‘अध्यादेश मुलुकको आवश्यकताले नै ल्याइएको हो । अर्थतन्त्रलाई आइसिययूबाट बाहिर निकाल्न यो आवश्यक थियो ।’ मन्त्री गुरुङले जनतालाई तत्काल सेवा डेलिभरी गर्नुपर्ने अवस्थामा मुलुकको अर्थतन्त्रलाई चलायमान गराई लगानीको वातावरण सिर्जना गर्न अध्यादेश ल्याइएको उल्लेख गरे । यसैगरी संविधान संसोधनको प्रश्नमा मन्त्री गुरुङले सबैभन्दा पहिले जनताको तत्कालिन आवश्यकता पूरा गर्ने विषयमा सरकारले महत्व दिएको उल्लेख गरे । ‘संविधान संशोधनको विषयमा सत्तारुढ दलहरु बीच सैद्धान्तिक सहमति भैसकेको छ । अब सबै दलहरु बीच एजेण्डामा छलफल हुन बाँकी छ ।’-मन्त्री गुरुङले भने, ‘संविधान संशोधनको प्रक्रिया सुरु भएको छ । सबै दलको सहमतिमै संविधान संशोधन गर्नुपर्छ ।’

नेकपा एमालेको उपमहासचिव समेत रहेका गुरुङले वर्तमान सत्ता गठबन्धन हालसम्म सतप्रतिशत सहकार्यमै सञ्चालन भएको दाबी गरेका छन् । बाहिर आएको हल्ला जस्तो गठनबन्धन तलमाथि हुने कुनै सम्भावना नरहेको उनले उल्लेख गरे । यसैगरी सहकारी पीडितहरुलाई न्याय दिलाउनु पक्षमा सरकारले काम गरिहेको बताउँदै उनले केही सुस्तता भने भएको स्वीकार गरे । यद्यपी हालसम्म २ अर्ब बढी रकम पीडितलाई फिर्ता गर्न सफल भएको बताउँदै उनले सबैलाई न्या दिने पक्षमा सरकार रहेको उल्लेख गरे । दोषीमाथि छानविन गरी सरकारले कारबाहीको दायरामा ल्याउने बताउँदै उनले सडकमा आन्दोलन गरेका भरमा कुनै अपराधिले छुटकारा नपाउने स्पष्ट पारे ।

प्रेस चौतारी नेपाल, रुपन्देही अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षता र सचीव केशव भण्डारीको सञ्चालनमा पत्रकार सम्मेलन सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  ८ : १५ बजे

एनपीएल : लुम्बिनी लायन्स काठमाडौं गोर्खाजसँग ३६ रनले पराजित

काठमाडौं । अपराजित यात्रामा रहेको लुम्बिनी लायन्स काठमाडौं गोर्खाजसँग ३६

सरकारले काम गरिरहेको छ, गौतमबुद्ध विमानस्थल चाँडै चल्छ : सांसद अग्रवाल

भैरहवा । प्रतिनिधि सभा सदस्य पुनमकुमारी अग्रवालले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीलगायत

सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा

यात्रु कुट्ने चालक र सह-चालक पक्राउ

बुटवल । मागेजती भाडा नदिएको निहुमा यात्रीमाथि कुटपिट गर्ने चालक