११ असार २०८३, बिहिबार | June 25, 2026

खेलकुद पत्रकार मञ्च गण्डकीमा आस्था मगर निर्वाचित



कास्की । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा मानबहादुर घर्तीमगर (एमबी आस्था) निर्वाचित भएका छन । मञ्चको बिहीबार साँझ अबेर सम्पन्न तेस्रो अधिवेशनले आगामी दुईवर्षे कार्यकालका लागि मगरको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । प्रतिस्पर्धी सुरज श्रेष्ठलाई नौ मतान्तरले पराजित गर्दै मगर निर्वाचित भएका हुन ।

यसैगरी, उपाध्यक्षमा राजाराम पौडेल, उपाध्यक्ष समावेशीमा उमा आलेमगर, महासचिवमा पर्शुराम शर्मा, सचिवमा राजु गिरी र कोषाध्यक्षमा विमल तिवारी निर्वाचित भए । मञ्चको उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यमा सर्वसम्मत भए पनि अध्यक्ष, उपाध्यक्ष (समावेशी), महासचिव र सचिवमा निर्वाचन भएको थियो ।

यसैगरी, कार्यसमिति सदस्यमा कृष्ण दवाडी, गीता राना, चेतबहादुर (प्रवीण) थापा, बसबहादुर (वसन्त) शेर्पा, रिखिराम जिसी, विजय नेपाली र बालकुमारी पौडेल निर्वाचित भए । नवनिर्वाचित अध्यक्ष आस्था मगरले खेलकुद विधामा कलम चलाइरहेका पत्रकारको क्षमता अभिवृद्धिका लागि योजना बनाएर काम गर्ने प्रतिबद्धता जनाए ।

मञ्चको अधिवेशन गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले उद्घाटन गरेका थिए । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारहरूको साझा संस्था हो । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रूपमा स्तरोन्नति गर्दै २०७५ सालमा स्वायत्त संस्थाका रूपमा विकास गरिएको हो ।

मञ्चले खेल पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिम तथा खेल क्षेत्रमा कलम चलाउने पत्रकारको हकहित र सहयोगका लागि काम गरिरहेको छ । मञ्चले हरेक वर्ष भव्य समारोहबीच आयोजना गर्ने पोखरा स्पोट्र्स अवार्डले खेल क्षेत्रमा अगाडि बढ्नेलाई उत्प्रेरणा दिने कार्य मात्र नगरी मञ्चप्रतिको आकर्षण बढाएको छ ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ६ : २१ बजे

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज

स्थायी व्यवस्थापनको माग गर्दै सुकुम्बासीको चेतावनी, ‘होल्डिङ सेन्टरबाट हटाए पुरानै बासस्थान फर्किन्छौं’

काठमाडौं । होल्डिङ सेन्टरमा राखिएका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले

तरकारी उत्पादनमा दोब्बरले वृद्धि

मलेखु । आधुनिक कृषि प्रविधिको बढ्दो प्रयोग र प्राविधिक ज्ञानको

मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश

काठमाडौँ । सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद् प्रतिकार्यका लागि देशका

रास्वपाको मतदान सम्पन्न, ११ सय बढी प्रतिनिधि मतदानमा सहभागी भएनन्

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका