८ पुस २०८२, मंगलबार | December 23, 2025

चौध देशका कलाकारको संलग्नतामा ‘नेपाल आर्ट एक्स्पो’ सुरु



काठमाडौं । १४ देशका एक सय १९ जना कलाकारले बनाएका कला सिर्जना समावेश गरी बिहीबारदेखि ‘नेपाल आर्ट एक्स्पो’ सुरु भएको छ ।

नेपाल कला परिषद् बबरमहलमा आयोजित एक्स्पोका माध्यमबाट विभिन्न देशबीचको कला, संस्कृति आदानप्रदान हुने र कलाकारले सिक्ने अवसर पाउने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताए। एक्स्पो आगामी चार दिनसम्म जारी रहने छ ।

एनएसजी इन्टरनेसनल आर्टिस्ट ग्रुपले आयोजना गरेको एक्स्पोमा ७० जना नेपाली कलाकार छन् । एक्स्पोमा बङ्गलादेश, भारत, फ्रान्स, बेलायत, मलेसिया, इन्डोनेसिया, मेक्सिको, अर्जेन्टिना, उज्वेकिस्तान, पोल्याण्ड, चेक गणतन्त्र, टर्की र अस्ट्रियाका कलाकार र उनीहरूका कलाकृति समावेश छन् ।

एक्स्पोअन्तर्गत आज परम्परागत नेपाली चित्रकलासम्बन्धी कार्यशाला हुनेछ । अन्तर्राष्ट्रिय कलाबारे जान्न कार्यशाला नेपाली कलाकारका उपयोगी हुने विश्वास एक्स्पोका नेपाल प्रतिनिधि सुष्मा श्रेष्ठले व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ११ : ३४ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना