३ आश्विन २०८३, शनिबार | September 20, 2026

चौध देशका कलाकारको संलग्नतामा ‘नेपाल आर्ट एक्स्पो’ सुरु



काठमाडौं । १४ देशका एक सय १९ जना कलाकारले बनाएका कला सिर्जना समावेश गरी बिहीबारदेखि ‘नेपाल आर्ट एक्स्पो’ सुरु भएको छ ।

नेपाल कला परिषद् बबरमहलमा आयोजित एक्स्पोका माध्यमबाट विभिन्न देशबीचको कला, संस्कृति आदानप्रदान हुने र कलाकारले सिक्ने अवसर पाउने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताए। एक्स्पो आगामी चार दिनसम्म जारी रहने छ ।

एनएसजी इन्टरनेसनल आर्टिस्ट ग्रुपले आयोजना गरेको एक्स्पोमा ७० जना नेपाली कलाकार छन् । एक्स्पोमा बङ्गलादेश, भारत, फ्रान्स, बेलायत, मलेसिया, इन्डोनेसिया, मेक्सिको, अर्जेन्टिना, उज्वेकिस्तान, पोल्याण्ड, चेक गणतन्त्र, टर्की र अस्ट्रियाका कलाकार र उनीहरूका कलाकृति समावेश छन् ।

एक्स्पोअन्तर्गत आज परम्परागत नेपाली चित्रकलासम्बन्धी कार्यशाला हुनेछ । अन्तर्राष्ट्रिय कलाबारे जान्न कार्यशाला नेपाली कलाकारका उपयोगी हुने विश्वास एक्स्पोका नेपाल प्रतिनिधि सुष्मा श्रेष्ठले व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ११ : ३४ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब