२४ कार्तिक २०८३, मंगलबार | November 10, 2026

‘सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छ’



काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सहकारी ठगी गर्नेको सम्पत्तिबाटै पीडितलाई पैसा फिर्ता गराउन पहल गरिनुपर्नेमा जोड दिएका छन् ।

बिपी चिन्तन प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘सहकारी क्षेत्रमा आएका समस्या समाधानका उपाय’ विषयक अन्तरक्रियामा उनले समस्या देखिएका सहकारीका सञ्चालक र तिनका परिवार मोटाउने र बचतकर्ता पीडित हुने, बचत फिर्ता नपाउने अवस्था देखिएकाले सञ्चालक एवं तिनका परिवारका सदस्यको सम्पत्तिबाटै पैसा फिर्ता गरिनुपर्ने बताए ।

सहकारी विकास बोर्डका पूर्व उपाध्यक्ष एवं सहकारी महासङ्घका संस्थापक अध्यक्ष दीपकप्रकाश बास्कोटाले मुलुकको उत्थानका लागि सहकारी वरदान सावित हुने भए पनि दलले यसलाई व्यवस्थित गर्न चुकेकै कारण समस्या आएकाले समीक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

महासङ्घका पूर्वअध्यक्ष मीनराज कँडेलले ३० हजार सहकारीमध्ये एक सय ५० मा मात्र समस्या आएको बताउँदै अरू सहकारीले राम्रो काम गरेको बताए । नराम्रो गर्ने थोरै सहकारीका कारण राम्रो काम गर्ने धेरै सहकारीलाई बदनाम हुनबाट बचाउनुपर्नेमा उनको जोड छ । बचतकर्ताको पैसा दुरूपयोग गर्ने सञ्चालकको सम्पत्ति बेचेर भए पनि छिटोभन्दा छिटो पीडितलाई पैसा फिर्ता गरिनुपर्नेमा पूर्वअध्यक्ष कँडेलले पनि ऐक्यबद्धता जनाए ।

सहकारी विभागका पूर्वरजिष्ट्रार महेश्वर शर्माले अहिले केन्द्रीय तहमा बदमासी गर्ने केही सहकारीका बारेमा मात्र प्रचारप्रसार भइरहेको जानकारी गराउँदै जिल्ला जिल्लामा बचतकर्ताको पैसा ठगी गरेका सहकारीका बारेमा आयोग गठन गरेर नै छानबिन गर्न माग गरे ।

राष्ट्रिय सहकारी विकास बोर्डका पूर्वसदस्यसचिव खगराज शर्माले एउटैले धेरै सहकारी खोल्नेजस्ता कारणले पनि सहकारी क्षेत्रमा समस्या आएकाले नियमन गर्न अध्यादेशमार्फत राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गरिएको जानकारी दिए ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष हरिबोल भट्टराई, महासचिव पुष्प पराजुलीलगायतले थोरै, थोरै बचत गरेर समस्या परेका बेला काम चलाऔँला भनी बचत गर्नेहरू अप्ठ्यारोमा परेकाले सञ्चालकलाई कारबाही गरी उनीहरूको सम्पत्तिबाटै पैसा फिर्ता गरिनुपर्नेमा जोड दिएका थिए । प्रतिष्ठानले सहकारी ठगी गर्नेलाई कानुनी कारबाहीको दायरामा नल्याएसम्म यो विषयमा पछ्याइरहने जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ९ : १५ बजे

जुवातास खेलिरहेको अवस्थामा ११० जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेका ११० जनालाई

मधेशमा दीपावली सकिएसँगै छठ पर्वको तयारी गरिँदै

जनकपुरधाम । दीपावली सकिएसँगै मधेश प्रदेशका जिल्लामा छठ पर्वको तयारी

विश्वमा बढ्दो तापक्रमले तताएको बहस

काठमाडौँ । विश्वव्यापी तापक्रम वृद्धिले पृथ्वीको प्राकृतिक सन्तुलनदेखि मानव अस्तित्वसम्ममा

शक्तिशाली एल निनोले विश्वभर मौसममा असर

बैङ्कक । असाधारण रूपमा शक्तिशाली एल निनोका कारण विश्वभर बाढी,

ढोरपाटनमा सिकारमा व्यस्त विदेशी, पदयात्रामा रमाउँदै स्वदेशी

बागलुङ । प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखि हिमशृङ्ला र फराकिला