१४ भदौ २०८३, आइतबार | August 30, 2026

‘अब हिजोको जस्तो पढ्न पाएर मात्र हुँदैन’



गोरखा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षालाई पहिलो प्राथामिकतामा राखेर लगानी गर्न सरकार प्रतिवद्ध रहेको बताएकी छिन् ।

गोरखा नगरपालिका-८, आहालेस्थित श्री सरस्वती माध्यामिक विद्यालयको स्वर्ण जयन्ती तथा अभिभावक दिवस समारोहको समापन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अहिलेको लगानी पर्याप्त नभएको बताइन् ।

‘‘अहिले शिक्षामा दश प्रतिसत मात्र सरकारको लगानी छ, यसलाई बढाउनुपर्छ, संघीय, प्रदेश र स्थानीय सरकार तीनै तहवाट शिक्षामा कति लगानी गर्ने भन्ने पनि सुनिश्चित गर्नुपर्छ, मन्त्री भट्टराईले भनिन्, ‘अहिलेको लगानीलाई बढाएर कुल बजेटको २० प्रतिशत शिक्षामा लगानी गर्नका लागि सङ्घीय सरकारले आफूलाई तयार गर्नुपर्छ ।’

शिक्षालाई थप गुणस्तरीय बनाउन सरकारले लगानी बढाउनुपर्ने बेला आएको जनाउँदै उनले सामुदायिक विद्यालयको शैक्षिक स्तरोन्नतिका लागि समुदायसमेत सचेत र जागरुक हुनुपर्नेमा जोड दिए । ‘शिक्षामा लगानी बढाउने कुरा हामीले अन्तर्राष्ट्रिय रुपमा पनि प्रतिवद्धता व्यक्त गरेका छौँ, मन्त्री भट्टराईले भनिन्, ‘राष्ट्रिय रुपमा हाम्रो संविधानले नै शिक्षामा लगानी गर्नुपर्ने कुरा निदृष्ट गरेको छ ।’

मन्त्री भट्टराईले सबैभन्दा पहिला संस्थागत विद्यालय राम्रो र सार्वजनिक विद्यालय नराम्रो भन्ने सोचलाई परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याइन् । ‘सार्वजनिक विद्यालयमा राम्रो शिक्षा पाएका थुप्रै उदाहरण छन्, उनले भनिन्, ‘सार्वजनिक विद्यालयमा सिङ्गो समुदायले गरेको मेहनत र सरकारले दिएको साथमा अपर्याप्त छ भने सबैको खबरदारी गर्नु जरुरी हुन्छ ।’

ऐन, कानून र नीति नियममा भएका सबै खालका समस्याको हल गरेर शिक्षा क्षेत्रको विकासका लागि सरकार अघि बढिरहेको उनको भनाइ छ । ‘आज पढ्न पाएर मात्र भएन, कस्तो विद्यालयमा पढ्ने, कहाँ पढ्ने, शिक्षकहरू कस्तो हुनुहुन्छ, कसरी पढाउनुहुन्छ, कस्तो पाठ्यपुस्तक छ, यी समग्र अवस्थामा आधारमा विद्यार्थी विद्यालयमा आउँछन्, मन्त्री भट्टराईले भनिन्, ‘अब हिजोको जस्तो पढ्न पाएर मात्र हुँदैन ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ७ : २८ बजे

रसुवा बाढी : हालसम्म ७ सय ९४ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण आइतबार साँझ १७ः४५

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन । भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी

चीनले दिएको ३० करोड रुपैयाँ अर्थमन्त्रीमार्फत प्रधानमन्त्री राहत कोषलाई हस्तान्तरण

काठमाडौं। चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद

रसुवा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

ललितपुर । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा