९ चैत्र २०८२, सोमबार | March 23, 2026

देवदहमा बौद्ध गतिविधि र सम्पदा संरक्षणमा स्थानीयहरुलाई जोड्न छलफल



लुम्बिनी । बुद्धको मावली क्षेत्र देवहदमा बौद्ध गतिविधि र बुद्धकालिन पुरातात्विक क्षेत्रहरुको सरसफाईका लागि अभियान थालिने भएको छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईको उपस्थितीमा कोषको देवदह कार्यालयको आयोजनामा त्यसक्षेत्रका सरोकारवालाहरुको छलफलले देवदहका ऐतिहासिक र बौद्धकालिन सम्पदाहरुको संरक्षणमा स्थानीयहरुको समेत सहभागिता र अपनत्व बढाउन अभियान गर्नुपर्ने निष्कर्ष निकालिएको हो ।

छलफलबाट देवदहमा क्रियाशिल क्रियाशिल बुद्धसंग सम्बन्धित संघ सस्थाहरुसँग समन्वय गरि बृहत् भेला आयोजना गर्नका लागि टेकबहादुर थापाको संयोजकत्वमा सुर्य प्रसाद पाठक र टेक बहादुर राना सदस्य रहेको ३ सदस्यीय तदर्थ कमिटी बनाइएको छ ।

छलफललाई सम्बोधन गर्दै कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले देवदहका ऐतिहासिक पुरातात्विक बुद्धकालिन क्षेत्रहरुको संरक्षणमा स्थानीयहरुको समेत सहभागिता र बौद्धमय गतिविधिका लागि स्थानीयहरुसँग सहकार्य गर्न लागिएको बताए ।

उक्त अवसरमा भवानीपुर र कन्यामाईमा बिशेष सरसफाई कार्यक्रम सञ्चालन गर्ने, हरेक पूर्णिमालाई बिशेष अवसरको रुपमा मनाउनको लागि बृहत् भेलाबाट योजना बनाउने निर्णय भएको छ ।

यसैगरी देवदह र रामग्रामबाट संचालित बिद्युतिय बसको सेवा प्रवाहलाई प्रभाकारी बनाउन स्थानिय टोल बिकास सस्था सम्म सुचना पु¥याउने निर्णय भएको कोषका देवदह कार्यालय प्रमुख दामोदर सापकोटाले जानकारी दिए । छलफलमा देवदहमा क्रियाशिल बुद्धसँग सम्बन्धित ९ वटा संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  १० : २९ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा