६ श्रावण २०८३, बुधबार | July 23, 2026

जनतालाई अनुभूत हुनेगरी विकास–निर्माणका काममा सरकार क्रियाशील छ : सञ्चारमन्त्री गुरुङ



लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनतालाई अनुभूत हुनेगरी विकास–निर्माणका काममा सरकार क्रियाशील रहेको बताएका छन् ।

दोर्दी गाउँपालिका–६ कीर्तिपुरबेंसीस्थित भगवान् आधारभूत विद्यालयको आज आयोजित स्वर्णजयन्ती समारोहमा देशलाई विकासको पथमा अग्रसर गराउन सरकार लागिपरेको उनले बताए ।

देश विकासका लागि दुई ठूला दलको सरकार बनेकाले आगामी तीन वर्षसम्म वर्तमान सरकार नै कायम रहने उनले बताए । । उनले भने, “वर्तमान सरकारले अर्थतन्त्रको विस्तार, सुशासन कायम, सहकारी व्यवस्थापन, स्वास्थ्य, शिक्षा क्षेत्रको उन्नयनलाई केन्द्रमा राखेर काम गरिरहेको छ ।”

सिंहदरबारको अधिकार गाउँगाउँमा पु-याउने भनिए पनि गाउँका जनताले त्यो अधिकार उपभोग गर्न नपाएका र उनीहरूले महसुस गर्नेगरी सरकार काममा लागेको बताए ।

अर्थतन्त्र सुदृढ पार्न, लगानी भित्र्याउनेलगायत सदन अधिवेशन नभएको अवस्थामा देशलाई आवश्यक पर्ने ऐनकानुन अध्यादेशमार्फत जारी गरिएको उनले स्पष्ट गरे। संसद्मा धेरै विधेयक विचाराधीन रहेको अवस्थामा अत्यावश्यक ती ऐन ससंद्बाट तत्काल पारित नहुने भएकाले अध्यादेशको बाटो अगाल्नुको विकल्प नरहेको उनको कथन थियो ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले फरक प्रसङ्गमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष तथा प्रधानमत्री केपी शर्मा ओलीले नचाहेसम्म वर्तमान सरकार तलमाथि नहुने बताए ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  १ : २२ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क