नेपालगन्ज । संघीय सरकारका पूर्व खेलकुद मन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता महेश्वर गहतराज अथक नेतृत्वको टोलीले नेपालगन्ज रङ्गशाला पुगेर लुम्बिनी कप महिला फुटवल प्रतियोगिता तयारीका बारे जानकारी लिएको छ ।
प्रतियोगिता आयोजनास्थल नेपालगन्ज रङ्गगशाला पुगेर पूर्व मन्त्री अथक नेतृत्वको टोलीले प्रतियोगिताका लागि हालसम्म भएका कार्यप्रगतिका बारेमा जानकारी लिएको हो । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा आगामी फागुन १९ देखि २९ गतेसम्म नेपालगन्जमा हुँदै गरेको लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा भारतका दुई र नेपालका ६ सहित आठ टीमको सहभागिता रहने आयोजक अन्तरालले जनाएको छ ।
अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले सचिवालय पुगेका पूर्वमन्त्री अथकलाई अहिलेसम्म भएका तयारीका सम्बन्धमा जानकारी गराए । उनले प्रतियोगितालाई भव्यरुपमा सफल बनाउन सरकारी तथा निजी क्षेत्रवाट सहयोग हुनुपर्नेमा जोड दिए ।
तयारी बारे जानकारी लिँदै पूर्वमन्त्री अथकले सबै पक्षलाई समेटेर लैजान सकियो भने प्रतियोगिता सफल हुने विश्वास व्यक्त गरे । उनले आफ्नो तर्फबाट सबैखाले सहयोग रहने प्रतिबद्धता पनि जनाए ।
अनुगमन टोलीमा सहभागि राष्ट्रिय खेलकुद परिषद्का सदस्य दिपेन्द्र विष्टले प्रतियोगिता संचालनका लागि आवश्यक रंगशालाको भौतिक पूर्वाधारलाई सुधार गर्न केन्द्रीय तहमै कुरा गर्ने प्रतिबद्धता जनाए ।
अनुगमन टोलीमा राष्ट्रिय खेलकुद परिषद् लुम्बिनी प्रदेश सदस्य जनक केसी, बाँके जिल्ला फुटबल संघका सदस्य कर्ण बस्नेत, मध्यपश्चिम खेलकुद विकास समिति लुम्बिनी प्रदेशका प्रमुख महेश चन्द, लुम्बिनी कप महिला फुटबल मिडिया संयोजक नीरज गौतमगायतको सहभागिता रहेको थियो ।


















प्रतिक्रिया