५ पुस २०८२, शनिबार | December 20, 2025

सरस्वती पूजाका लागि धमाधम मूर्ति बनाउँदै



महोत्तरी । सरस्वती पूजा नजिकिँदै जाँँदा जिल्लाको विभिन्न स्थानमा मूर्तिकारहरू धमाधम मूर्ति बनाउन थालेका छन् । दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा अवस्थित सबै सामुदायिक तथा निजी विद्यालय, कोचिङ सेन्टर, ट्युशन सेन्टर, क्लब, पुस्तकालयसहित गाउँ तथा नगरका विभिन्न चोकचोकमा सरस्वती पूजाका लागि मूर्तिकारलाई मूर्ति बनाउन भ्याइनभ्याई छ ।

आफ्नो चार पुस्तादेखि मूर्ति बनाउने पेसा चल्दै आएको एकडारा गाउँपालिका-५ का मूर्तिकार सुभाष पण्डितले सरस्वती पूजाका बेला अत्यधिक मूर्तिको माग हुने गरेको कारण अहिले सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याई भएको छ । त्यस्तै पूजाको अब १० दिन मात्र बाँकी हुँदा औरही नगरपालिका-२ का कैलाश रामलाई पनि मूर्ति बनाउन भ्याइनभ्याई भएको बताउँछन् ।

सरस्वतीको मूर्ति बनाउनमै व्यस्त जलेश्वर नगरपालिका-२ का विकाऊ पासवान पनि अहिले मूर्ति बनाउन भ्याइनभ्याइ भएको बताउँछन । मूर्ति बनाउन चाहिने माटो, खर (पराल, भुस) रंङ, जुटलगायत वस्तुको जोहो गर्नु, घामपानी र वातावरणअनुसार मूर्ति बनाउनु जस्ता क्रियाकलाप गर्नुपर्ने भएकाले मूर्तिकारलाई अहिले भ्याइनभ्याई भएको उनीहरू बताउँछन् ।

“घाम उदाएपछि मात्रै मूर्ति सुक्ने र मूर्ति सुकेपछि मात्रै राम्ररी रङ्ग रोगन गर्न मिल्ने भएकाले जति बढी घाम उदाउँछ, त्यति नै बढी मूर्ति तयार गर्नु पर्छ”, मूर्तिकार पण्डितले बताए । उनले आफू र आफ्ना बुवा शम्भु पण्डित मिलेर प्रत्येक वर्ष रु ५० हजारभन्दा बढीका सरस्वती मूर्ति बनाउने गरेको बताए । साथै मौसमले साथ दिएमा ७०/७५ सम्म पनि मूर्ति बनाएर बेच्ने गरेको उनको भनाइ छ ।

त्यसैगरी मूर्तिकार कैलाश पनि आफू तथा आफ्ना परिवारका सदस्य मिलेर वर्षेनी ६०/७० वटा मूर्ति बनाउने गरेको बताउँछन । उनले वर्षेनी २५ भन्दा बढी मूर्ति बनाउने गरेको बताए । आफ्नो क्षमता र साधन श्रोतले तयार गर्ने संख्याका अनुसार उनीहरुको आम्दानी पनि फरक फरक हुने गरेको छ । यसरी तयार गरेका मूर्तिहरु रु दुई हजारदेखि रु ७ हजारसम्ममा बेचेर वार्षिक रु दुई लाख जति आम्दानी गर्ने गरेको पण्डितले बताए ।

मूर्तिकार कैलाशले आफूले प्रतिगोटा रु तीन हजारदेखि रु १० हजारसम्ममा मूर्ति बेचेरै वार्षिक रु तीन लाख ५० हजार आम्दानी गर्ने गरेको बताए । दिनानुदिन बढ्दै गएको मूर्तिको मागले यहाँका मूर्तिकारलाई सरस्वती पूजाको बेला दिनरात काम गर्नुपर्ने र मौसमअनुसार मूर्ति तयार गर्नुपर्ने चुनौती रहने गरेको छ । जिल्लाका मूर्तिकारले प्रत्येक वर्ष सरस्वतीको मूर्तिका साथै अन्य पूजा जस्तै गणेश, विश्वकर्मा, काली, दुर्गा पूजाका लागि पनि मूर्ति निर्माण गर्ने गरेका छन् ।

जिल्लामा पहिला पहिला पण्डित (कुमाले) जातिले मात्र मूर्ति बनाउने गरेकामा अहिले विभिन्न जातिका व्यक्तिले मूर्ति निर्माणलाई व्यावसायिक रुप दिएर विभिन्न जातजाति संलग्न रहेको पाइन्छ । यस वर्ष माघ २१ गते देशभरि श्रीपञ्चमी तथा सरस्वती पूजा मनाइँदै छ ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ६ : २५ बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने