३० माघ २०८१, बुधबार | February 12, 2025

प्रादेशिक महोत्सवमा पत्रकारमाथि दुर्व्यवहार नगर्न र समाचार संकलनको वातावरण बनाउन माग



नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले नेपालगन्जमा जारी प्रादेशिक महोत्सवमा निर्वाध समाचार संकलनको वातावरण बनाउन आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघलाई आग्रह गरेको छ । पत्रकार महासंघ बाँकेका सचिव कृष्ण ओलीद्वारा आज विज्ञप्ति प्रकाशित गर्दै महोत्सव स्थलमा पत्रकारमाथि दुर्व्यवहार नगर्न र समाचार संकलनको वातावरण बनाउन आग्रह गरेको हो ।

सचिव ओलीद्वारा जारी विज्ञप्तिमा ‘नेपालगन्ज उद्योग वाणिज्य संघको मुख्य आयोजनामा नेपालगन्जमा जारी ‘प्रादेशिक महोत्सव २०८१’ मा पत्रकारहरुको सहज प्रवेश, पहुँच र रिपोर्टिङमैत्री वातावरणका लागि नेपाल पत्रकार महासंघ बाँके शाखाले चासो व्यक्त गर्दै आइरहेको उल्लेख गरिएको छ । विज्ञप्तिमा लेखिएको छ, ‘नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष, प्रवक्ता लगायत जिम्मेवार पदाधिकारीबाट प्रेस मैत्री वातावरणका लागि प्रतिबद्धता व्यक्त भएको र मिडियाको परिचयपत्रबाट महोत्सवस्थलभित्र प्रवेश गर्न मिल्ने प्रबन्ध गरिएको जानकारी आयोजकले गराइसकेको अवस्थामा पनि महोत्सवस्थलभित्र प्रवेश गर्दा भइरहेको अनावश्यक उल्झन र असहजताप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तिमा माघ १२ गते शनिबारका दिन मञ्च परिसरमा सांगीतिक कार्यक्रमको फोटो खिच्ने र भिडियो छायाँकन गरिरहेको अवस्थामा न्यूज बाँके अनलाइन मिडियामा कार्यरत पत्रकार टार्जन ओलीमाथि आफ्नो परिचयपत्र देखाउँदा देखाउँदै आयोजक स्वयं र सुरक्षाकर्मीबाट भएको दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघ बाँके शाखादेवारा खेद व्यक्त गरिएको जनाइएको छ । महासंघले यस्ता घटना नदोहोर्‍याउन महोत्सव आयोजकलाई सचेत समेत गराएको छ ।

महासंघले पत्रकारहरुलाई आफू कार्यरत मिडियाबाट जारी भएको परिचयपत्रबाटै सहज प्रवेश र रिपोर्टिङ गर्ने अवस्था मिलाई प्रेसमैत्री वातावरण निर्माणका लागि वाणिज्य संघलाई ध्यानाकर्षण गराएको छ । साथै रिपोर्टिङका क्रममा सम्पूर्ण पत्रकारहरुलाई पत्रकार आचारसंहिताको पूर्णरुपमा पालना गर्दै मर्यादित रुपमा पत्रकारिता गर्न समेत आग्रह गरेको छ ।

त्यसैगरी पत्रकार टार्जन वलीमाथि भएको दुर्व्यवहारको घटनाप्रति प्रेस चौतारी नेपाल बाँके र प्रेस युनियन बाँकेले पनि छुट्टाछुट्टै विज्ञप्ति प्रकाशन गरेर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ८ : २९ बजे

‘महाकुम्भबाट नेपाल पनि लाभान्वित हुनसक्छ’

प्रयागराज । यमुना र गङ्गा नदी मिसिएको दोभानमा स्नान गर्न

झापामा महिलाको शव फेला

झापा । झापाको शिवसताक्षी नगरपालिका-११ दुधेमा एक महिलाको शव नग्न

आजको मौसम : देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको

भक्तजनद्वारा पशुपतिनाथको छायाँ दर्शन

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल चतुर्दशीका दिन मनाइने पशुपतिनाथको

श्री स्वस्थानी व्रत समापन गरिँदै

काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो