१ माघ २०८२, बिहिबार | January 15, 2026

प्रादेशिक महोत्सवमा पत्रकारमाथि दुर्व्यवहार नगर्न र समाचार संकलनको वातावरण बनाउन माग



नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले नेपालगन्जमा जारी प्रादेशिक महोत्सवमा निर्वाध समाचार संकलनको वातावरण बनाउन आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघलाई आग्रह गरेको छ । पत्रकार महासंघ बाँकेका सचिव कृष्ण ओलीद्वारा आज विज्ञप्ति प्रकाशित गर्दै महोत्सव स्थलमा पत्रकारमाथि दुर्व्यवहार नगर्न र समाचार संकलनको वातावरण बनाउन आग्रह गरेको हो ।

सचिव ओलीद्वारा जारी विज्ञप्तिमा ‘नेपालगन्ज उद्योग वाणिज्य संघको मुख्य आयोजनामा नेपालगन्जमा जारी ‘प्रादेशिक महोत्सव २०८१’ मा पत्रकारहरुको सहज प्रवेश, पहुँच र रिपोर्टिङमैत्री वातावरणका लागि नेपाल पत्रकार महासंघ बाँके शाखाले चासो व्यक्त गर्दै आइरहेको उल्लेख गरिएको छ । विज्ञप्तिमा लेखिएको छ, ‘नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष, प्रवक्ता लगायत जिम्मेवार पदाधिकारीबाट प्रेस मैत्री वातावरणका लागि प्रतिबद्धता व्यक्त भएको र मिडियाको परिचयपत्रबाट महोत्सवस्थलभित्र प्रवेश गर्न मिल्ने प्रबन्ध गरिएको जानकारी आयोजकले गराइसकेको अवस्थामा पनि महोत्सवस्थलभित्र प्रवेश गर्दा भइरहेको अनावश्यक उल्झन र असहजताप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तिमा माघ १२ गते शनिबारका दिन मञ्च परिसरमा सांगीतिक कार्यक्रमको फोटो खिच्ने र भिडियो छायाँकन गरिरहेको अवस्थामा न्यूज बाँके अनलाइन मिडियामा कार्यरत पत्रकार टार्जन ओलीमाथि आफ्नो परिचयपत्र देखाउँदा देखाउँदै आयोजक स्वयं र सुरक्षाकर्मीबाट भएको दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघ बाँके शाखादेवारा खेद व्यक्त गरिएको जनाइएको छ । महासंघले यस्ता घटना नदोहोर्‍याउन महोत्सव आयोजकलाई सचेत समेत गराएको छ ।

महासंघले पत्रकारहरुलाई आफू कार्यरत मिडियाबाट जारी भएको परिचयपत्रबाटै सहज प्रवेश र रिपोर्टिङ गर्ने अवस्था मिलाई प्रेसमैत्री वातावरण निर्माणका लागि वाणिज्य संघलाई ध्यानाकर्षण गराएको छ । साथै रिपोर्टिङका क्रममा सम्पूर्ण पत्रकारहरुलाई पत्रकार आचारसंहिताको पूर्णरुपमा पालना गर्दै मर्यादित रुपमा पत्रकारिता गर्न समेत आग्रह गरेको छ ।

त्यसैगरी पत्रकार टार्जन वलीमाथि भएको दुर्व्यवहारको घटनाप्रति प्रेस चौतारी नेपाल बाँके र प्रेस युनियन बाँकेले पनि छुट्टाछुट्टै विज्ञप्ति प्रकाशन गरेर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ८ : २९ बजे

२४ औँ स्थापना दिवसमा कपिलवस्तुका १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

कपिलवस्तु । रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनले आफ्नो २४

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे

नेत्रविक्रम चन्द र मिराज ढुंगानाबीच चारबुँदे सहमति

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) र मिराज

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : शङ्कर पोखरेल

दाङ । एमाले महासचिव शङ्कर पोखरेलले दलहरू बलिया भए मात्र

सुर्खेत र सल्यानमा पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु

सुर्खेत । पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका