१ माघ २०८२, बिहिबार | January 15, 2026

मर्चवार क्षेत्रको ‘सवस्टेसन’ निर्माण तीव्र



लुम्बिनी । रूपन्देहीको मर्चवार क्षेत्रमा निर्माण भइरहेको विद्युत् ‘सवस्टेसन’ को काम ४० प्रतिशत पूरा भएको छ । तीन पालिकालाई लक्षित गरी निर्माण भइरहेको मर्चवारस्थित महदेई सवस्टेसनको निर्माण सम्पन्न भएपछि क्षेत्रको विद्युत् समस्यामा स्थायी सुधार आउने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका इन्जिनियर जगदिशराज बरालका अनुसार महदेई सवस्टेसनको सिभिल संरचनामा ३५ प्रतिशत र विद्युतीकरणमा ४० प्रतिशत काम सम्पन्न भइसकेको छ । परियोजनाको बाँकी काम एक वर्षभित्र पूरा हुने गरी तीव्र गतिमा अगाडि बढिरहेको उनले बताए ।

निर्माण कम्पनीसँग काम फागुन महिनामा सम्पन्न गर्नेगरि सम्झौता भएको उनले बताए । “अब केही दिनमै सकिन लागेको सो म्याद पुनः म्याद थप गरेर आगामी एक वर्षभित्र यो परियोजना पूरा गरी सवस्टेसन सञ्चालनमा ल्याउने योजनामा हामी छौँ”, उनले भने । साइटमा माटो परीक्षण, कागजी प्रक्रिया र विभिन्न सामग्रीको अभावका कारण निर्माण कार्यमा केही ढिलाइ भएको बताउँदै प्राधिकरणका इन्जिनियर बरालले भने, “सवस्टेसन निर्माणका लागि चाहिने अधिकांश सामग्रीको व्यवस्थापन भइसकेर अहिले सबै काम तीव्र गतिमा अघि बढेको छ ।”

निर्माण कम्पनीका योजना प्रबन्धक मुकुल सिंहले परियोजनाको डिजाइनमा ढिलाइ भएकाले निर्माण समयमै पूरा हुन नसकेको बताए । उनले भने, “डिजाइन प्राप्त भएपछि ४० जनाको टोलीले तीव्र गतिमा काम गर्दै हालसम्म आठ सय ५० वटा विद्युत् पोलको जडानकार्य सम्पन्न गरिसकेको छ ।”

उनका अनुसार अबको केही दिनमै पोलमा तार तान्ने काम गरिनेछ । तारपोलको व्यवस्थापन भइसकेपछि ट्रान्सफार्मरको व्यवस्था गरी लो–भोल्टेज र विद्युत् कटौतीको समस्या समाधान हुनेछ । बारम्बार बत्ती जानु र लाइन ट्रिप हुनुका कारण उपभोक्ताका दैनिक गतिविधि प्रभावित हुने गरेको सम्मरीमाई गाउँपालिका–७ का वडाध्यक्ष राधेश्याम कुर्मीले बताए । उनले भने, “समृद्धिको सम्भावना राख्ने क्षेत्रमा विद्युत्को नयाँ संरचना निर्माण र विस्तारका लागि भइरहेका काम ढिलो हुँदै आएका छन् ।”

महदेइमा विद्युत् सवस्टेसनको निर्माणपछि मर्चवार क्षेत्रको तीनवटै गाउँपालिका सम्मरीमाई, कोटहीमाई र मर्चवारीमा विकासको नयाँ अध्ययन सुरु हुने लुम्बिनी प्रदेशसभा सदस्य कन्हैया बानियाँले बताए । उनले भने, “यहाँ लो भोल्टेज र अनियमित विद्युत् कटौतीको समस्या विकराल छ ।” विद्युत् प्रवाहमा गुणस्तरीय सुधारका लागी सवस्टेसनको गुणस्तरीय निर्माण कार्यलाई तीव्रता दिन निरन्तर अनुगमन गरिरहेको उनले बताए ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  १० : ५९ बजे

नेत्रविक्रम चन्द र मिराज ढुंगानाबीच चारबुँदे सहमति

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) र मिराज

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : शङ्कर पोखरेल

दाङ । एमाले महासचिव शङ्कर पोखरेलले दलहरू बलिया भए मात्र

सुर्खेत र सल्यानमा पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु

सुर्खेत । पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका

एमालेले ४ गतेदेखि विशेष चुनावी अभियान सुरु गर्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले यही माघ ४ गतेदेखि

गगनको नेतृत्वमा घोषणापत्र लेखन समिति गठन, विश्वप्रकाशको नेतृत्वमा निर्वाचन परिचालन हुने

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको नेतृत्वमा रहेको नेपाली