२३ चैत्र २०८२, सोमबार | April 6, 2026

नेपाली चलचित्र दिलसराको बुटवलका च्यारिटी शो सम्पन्न



बुटवल । मगर कला र सँस्कृतिसँग जोडिएको नेपाली कथानक चलचित्र दिलसराको सोमबार बुटवलका च्यारिटी शो सम्पन्न भएको छ । नेपाल मगर महिला संघ बुटवल नगर समितिको आयोजनामा बुटवलको मिलन चलचित्र हलमा दिलसरा प्रदर्शन गरिएको हो ।

सो अवसरमा रुपन्देहीका विभिन्न संघ संस्था तथा मगर सम्बद्ध संस्थाका प्रतिनधिहरुगरी ६ सय बढीले चलचित्र हेरेका थिए । च्यारिटी शोबाट शंकलित रकमबाट मगर महिलाहरुको नेतृत्व विकास तथा संस्थागत समृद्धिका लागि प्रयोग गरिने नेपाल मगर महिला संघ बुटवल नगर समितिकी कार्यवहाक अध्यक्ष नन्दा थापाले जानकारी दिइन् । कार्यक्रममा नेपाल मगर महिला संघ केन्द्रीय अध्यक्ष हिरु राना, लुम्बिनी प्रदेश सञ्चार प्रतिष्ठानका अध्यक्ष मिलन गाहा लगायतको उपस्थिती रहेको थियो ।

मीना थापाको पटकथा लेखनमा बनेको चलचित्रको कार्यकारी निर्माता मे प्रेम थापा निर्माता हर्क आले मीना थापा जुना थापा रहेकी छन् । मानोका फिल्मस् एण्ड मिडिया हाउसको ब्यानरमा बनेको दिलसरा चलचित्रको निर्देशन अशोक आले मगरले गरेका हुन् । दिलसरा अर्थात दह्रो दिल भएकी नारीको संघर्ष र सफलताको कथालाई जोडेर बनाइएको यस चलचित्रमा महिला सशक्तिकरणको विषयलाई महत्वका साथ स्थान दिइएको छ । आदिवासी जनजाति समुदायमा महिला निर्णायक भूमिकामा हुन्छन् । घरका हरेक विषयमा उनीहरुको निर्णय महत्वपूर्ण मानिन्छ भन्ने विषयलाई चलचित्रमा देखाइएको छ ।

हरेक समुदायमा कुनै न कुनै कमजोरी, कुरीति हुन्छ र यस्ता कमजोरी तथा कुरीतिलाई समय अनुसार सुधार गर्दै लैजानुपर्छ भन्ने विषयलाई यो चलचित्रले उठान गरेको छ । चलचित्रमा माया, प्रेम, लाहुरे प्रथा, परिवारको महत्व र सफल हुन महिलाले उठाएको चुनौती सहित मनोरञ्जन, समुदायगत परिवेश लगायतका विषयलाई समावेश गरिएको छ ।

चलचित्रका निर्देशक अशोक आले मगर आफूहरुले मगर समुदायसँग केन्द्रित रहेर चलचित्र भित्र महिला सशक्तिकरणको विषयलाई महत्वका साथ उठान गर्ने प्रयास गरेको बताउँछन् । चलचित्रका मुख्य कलाकार सृष्टि राना मगरले मगर रहेकी छन् ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ५ : ४२ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको