६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

दुई करोड बराबरको अनलाइन जुवा खेलाउने दुई जना पक्राउ



काठमाडौँ । प्रहरीले रु दुई करोड बराबरको अनलाइन जुवा खेलाएको (सट्टेबाजी गराएको) अभियोगमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

रामेछाप खाँडादेवी गाँउपालिका–९ घर भई हाल काठमाडौँ बाफल बस्ने ४८ वर्षीय राजप्रकाश श्रेष्ठ तथा नुवाकोट विदुर नगरपालिका–१३ घर भई हाल काठमाडौँ सोह्रखुट्टे बस्ने २३ वर्षीय हरिचन्द्र भुजेललाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनले भने, “बेटिङ एप्लिकेसनमार्फत विश्वभर सञ्चालन हुने विभिन्न अनलाइन गेमअन्तर्गत ‘मान्ट्रा १०८’ नामक वेबसाइटमार्फत जुवा (सट्टेबाजी) गर्ने÷गराउने गरी रकम सङ्कलन गर्ने, क्रिप्टो मुद्रा व्यापार गर्नेलगायतका कार्य भइरहेको भन्ने गोप्य सूचनाका आधारमा निजहरुलाई पक्राउ गरिएको हो ।”

प्रारम्भिक अनुसन्धानबाट बैक खाता तथा वेनेन्स आइडी प्रयोग गरी हालसम्म रु दुई करोड ४१ हजार छ सय ३६ बराबरको कारोबार गरेको खुल्न आएको तथा निजहरूको शरीर तथा कोठा खानतलासी गर्दा विभिन्न मोडेलका मोबाइल सेट चार थान, कम्प्युटर एक थान, एनसेलका सिमकार्ड ५० थान, एनटिसीका सिमकार्ड नौ थान, विभिन्न व्यक्तिहरुको नाममा रहेका एटिएम कार्ड २७ थान, डायरी पाँच थान, चेकबुक सात थान तथा नगद रु ९० हजार बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ को दफा १२५ जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने र सोही संहिताको दफा २६२ (क) १ अभौतिक मुद्राको प्रयोग गर्न नहुने बमोजिमको कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले बताए ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ८ : ४६ बजे

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको