४ पुस २०८२, शुक्रबार | December 19, 2025

दुई करोड बराबरको अनलाइन जुवा खेलाउने दुई जना पक्राउ



काठमाडौँ । प्रहरीले रु दुई करोड बराबरको अनलाइन जुवा खेलाएको (सट्टेबाजी गराएको) अभियोगमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

रामेछाप खाँडादेवी गाँउपालिका–९ घर भई हाल काठमाडौँ बाफल बस्ने ४८ वर्षीय राजप्रकाश श्रेष्ठ तथा नुवाकोट विदुर नगरपालिका–१३ घर भई हाल काठमाडौँ सोह्रखुट्टे बस्ने २३ वर्षीय हरिचन्द्र भुजेललाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनले भने, “बेटिङ एप्लिकेसनमार्फत विश्वभर सञ्चालन हुने विभिन्न अनलाइन गेमअन्तर्गत ‘मान्ट्रा १०८’ नामक वेबसाइटमार्फत जुवा (सट्टेबाजी) गर्ने÷गराउने गरी रकम सङ्कलन गर्ने, क्रिप्टो मुद्रा व्यापार गर्नेलगायतका कार्य भइरहेको भन्ने गोप्य सूचनाका आधारमा निजहरुलाई पक्राउ गरिएको हो ।”

प्रारम्भिक अनुसन्धानबाट बैक खाता तथा वेनेन्स आइडी प्रयोग गरी हालसम्म रु दुई करोड ४१ हजार छ सय ३६ बराबरको कारोबार गरेको खुल्न आएको तथा निजहरूको शरीर तथा कोठा खानतलासी गर्दा विभिन्न मोडेलका मोबाइल सेट चार थान, कम्प्युटर एक थान, एनसेलका सिमकार्ड ५० थान, एनटिसीका सिमकार्ड नौ थान, विभिन्न व्यक्तिहरुको नाममा रहेका एटिएम कार्ड २७ थान, डायरी पाँच थान, चेकबुक सात थान तथा नगद रु ९० हजार बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ को दफा १२५ जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने र सोही संहिताको दफा २६२ (क) १ अभौतिक मुद्राको प्रयोग गर्न नहुने बमोजिमको कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले बताए ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ८ : ४६ बजे

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ