२० मंसिर २०८२, शनिबार | December 6, 2025

मनाङका एक सय बाह्र किशोरीलाई एचभिपी खोप



मनाङ । देशैभरका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप दिने तयारी तीव्र भइरहेको छ ।

हिमाली जिल्ला मनाङका कक्षा १ देखि १० सम्मका अध्ययनरत एक सय ६ किशोरीलाई एचभिपी खोप लगाइने भएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका छ किशोरीलाई एचभिपी खोप दिइनेछ ।

उनले भने, “जिल्लाका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचभिपी खोप दिइनेछ, खोपकर्तालाई विभिन्न तालिम, अभिमुखीकरणसहित तयारी गरिरहेका छौँ ।” मनाङमा यही माघ १८ गतेदेखि स्वास्थ्यकर्मी तथा खोपकर्ताका लागि तालिम, अभिमुखीकरण गरिने श्रेष्ठले बताए ।

कक्षा ६ देखि १० कक्षासम्म अध्ययनरत ९विद्यालय जाने० र १० देखि १४ वर्षसम्मका (विद्यालय नजाने) छात्राहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सञ्चालन गर्न लागिएको उनले बताए चार खोप केन्द्रमार्फत किशोरीलाई एचभिपी खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

नासों गाउँपालिका–५ स्थित प्रकाशज्योति माध्यमिक विद्यालय, चामे गाउँपालिका–१ स्थित गौरीशङ्कर माध्यमिक विद्यालय, चामे गाउँपालिका–४ स्थित लोकप्रिय माध्यमिक विद्यालय र मनाङ ङिस्याङ गाउँपालिका–६ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा खोप केन्द्र तोकिएको कार्यालयले जनाएको छ । विद्यालय नजाने किशोरीलाई स्वास्थ्य कार्यालय वा तोकिएका खोप केन्द्रमार्फत खोप लगाइनेछ ।
रासस

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  १२ : ४३ बजे

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति

एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको