१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

२४ अङ्कले बढ्यो नेप्से परिसूचक



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से २४ दशमलव ५० अङ्कले वृद्धि भई दुई हजार छ सय ५७ दशमलव ७७ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय २५ कम्पनीको एक करोड ९६ लाख ८० हजार एक सय ९५ कित्ता शेयर ९५ हजार ९७ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब ४० करोड २६ लाख ७८ हजार ३३ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा धेरै विकास बैंक समूह चार दशमलव ०७ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव २२, वित्त एक दशमलव ८८, होटल तथा पर्यटन शून्य दशमलव ६८, जलविद्युत् एक दशमलव ४९ र लगानी समूह एक प्रतिशतले बढेको छ । त्यस्तै, जीवन बीमा शून्य दशमलव ०८, उत्पादन तथा प्रशोधन एक दशमलव २३, लघुवित्त शून्य दशमलव ४८, म्युचुअल फन्ड शून्य दशमलव १२, निर्जीवन बीमा शून्य दशमलव २८, व्यापार शून्य दशमलव २४ र अन्य समूह एक दशमलव ७४ प्रतिशतले बढेको छ ।

चारवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड, सिक्लेस हाईड्रोपावर लिमिटेड, थ्रीस्टार हाईड्रोपावर लिमिटेड र जानकी फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो । सबैभन्दा धेरै घट्नेमा डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आठ दशमलव ४३ प्रतिशतको गिरावट देखिएको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको रू ३८ करोड २१ लाख ३२ हजार एक सय ८७ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै एनआईसी एसिया ग्रोथ फन्ड–२ को दश लाख तीन हजार तीन सय कित्ता शेयर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ३ : ४८ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा