५ श्रावण २०८३, मंगलबार | July 21, 2026

मञ्चबाटै एलिनाले भनिन् कट्टा हान्दिन्छु



नेपालगन्ज । प्रादेशिक महोत्सव २०८१ को छैटौं दिन मंगलबार गायिका एलिना चौहान लगायतका कलाकारहरुले प्रस्तुती दिएका छन् । आजको कार्यक्रममा गायिका चौहानसहित गायक कमल बिसी माल्दाइ, डान्सर तथा मोडल रुबिना अधिकारी, गायक राज कुश्मी लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए ।

सुरुमा गायक कमल बिसी माल्दाइ डोरी बाटेर गीत गाउँदै स्टेज उक्लिएका थिए। उनले झन्डै आधा दर्जन गीतहरू गाएर दर्शकहरुलाई नचाएका थिए । कमलको प्रस्तुति सकिएपछि डान्सर रुविना अधिकारीले पनि आधा दर्जन गीतमा आफ्नो नृत्य प्रस्तुत गरेकी थिइन् । त्यस्तै, मंगलबारको हट केक मानिएकी गायिका एलिना चौहानको प्रस्तुतिमा दर्शकहरुले भरपुर मनोरञ्जन लिए । उनले ‘यो भाग्यमा खोट छ…., धोकेबाज….., कट्टा हान्दिन्छु……, मिनरल वाटर……लगायतका लोकप्रिय गीत गाउँदा दर्शकहरुले पनि सँगै गाएर नाच्दै साथ दिएका थिए ।

राष्ट्रिय कलाकारहरुको रुपमा अन्तिम प्रस्तुति चाहिँ चर्चित थारु गायक राज कुश्मी स्टेज उक्लिएका थिए । उनले पनि आफ्ना चर्चित गीतहरू गाएर मनोरञ्जन प्रदान गरेका थिए । उनले झन्डै डेढ घण्टा आफ्नो प्रस्तुति दिएका थिए ।

साँस्कृतिक व्यवस्थापन समितिका संयोजक मख्खनबहादुर धामीका अनुसार सातौं दिन भोलि बुधबार लोकप्रिय गायक बद्री पंगेनी, गायक चक्र बम, गायिका भूमिमा गिरी र डान्सर आरुषी मगरले महोत्सवमा प्रस्तुति दिनेछन् ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ८ : ३३ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान