२ पुस २०८२, बुधबार | December 18, 2025

विद्युतको हाइटेन्सन लाईनको करेन्ट लागेर बालकको मृत्यु



कोहलपुर । बाँकेको कोहलपुरमा विद्युतको हाइटेन्सन लाईनबाट करेन्ट लागेर एकजना बालकको मृत्यु भएको छ । घाँस काट्नका लागि जङ्गलमा गएका एक बालकको विद्युतको हाइटेन्सन लाईनबाट करेन्ट लागरे मृत्यु भएको हो ।

मृत्यु हुनेमा कोहलपुर नगरपालिका वडा नम्बर १२ का १४ वर्षीय बालक सन्दीप अर्याल रहेका छन् । अर्यालको घाँस काट्ने क्रममा विद्युतको हाइटेन्सन लाईनबाट करेन्ट लागेर मृत्यु भएको कोहलपुर प्रहरीले जनाएको छ।

कोहलपुर नगरपालिका वडा नम्बर १२ स्थित रक्षा मध्यवर्ती सामुदायिक वनमा घाँस काट्ने क्रममा कुसुमको रुखमा चढेका सन्दीपलाई विद्युतको हाइटेन्सन लाईनमा छुन पुग्दा करेन्ट लागेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

उनका अनुसार रुखमा करेन्ट लागेर भुइँमा लडी घाइते भएका सन्दीपलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लगिएकोमा उपचारका क्रममा डाक्टरले सन्दीपलाई मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ९ : २३ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल