१२ पुस २०८२, शनिबार | December 27, 2025

आजको मौसम : काठमाडौं उपत्यकामा आंशिक बदली, अन्य भागमा मौसम सफा रहने



काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसमविद् रोजन लामिछानेका अनुसार आज अपराह्नसम्म काठमाडौं उपत्यकामा आंशिक बदली हुने सम्भावना छ । आज बिहान यहाँको न्यूनतम तापक्रम ८ दशमलव ५ डिग्री सेल्सियस कायम रह्यो भने अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियस रहने पूर्वानुमान गरिएको उनले जानकारी दिए ।

विभागका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी आज राति देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भोगमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । साथै कोशी,वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपात हुनसक्नेछ ।

विभागले बिहीबार बिहान तराईका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाईउड्डनमा असर पर्नसक्ने भएकाले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ६ : २९ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि, विशेष महाधिवेशनको माग तीव्र

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

प्रधानमन्त्री कार्कीले प्रमुख तीन दलका शीर्ष नेतासँग आज निर्वाचन केन्द्रित छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष

आलितालमा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

डडेल्धुरा । जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक जनाको

मुस्ताङको घमीमा सामूहिक स्याउखेती

मुस्ताङ । यहाँस्थित माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-२ घमी गाउँमा

आज काठमाडौंको यी स्थानमा काटिदैछ बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा