७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रधानमन्त्री कार्कीले प्रमुख तीन दलका शीर्ष नेतासँग आज निर्वाचन केन्द्रित छलफल गर्दै



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेताहरूसँग निर्वाचन केन्द्रित छलफल गर्ने भएकी छन् । प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूसँग समसामयिक राजनीतिक विषय र आगामी निर्वाचनको तयारीबारे छलफल गर्न लागेकी हुन् ।

प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आज दिउँसो ४ बजे छलफल गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा आगामी निर्वाचनको वातावरण निर्माण, राजनीतिक सहमति, स्थिरता र आवश्यक तयारीका विषयमा केन्द्रित हुने बताइएको छ । यसअघि शुक्रबार सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले तीनै दलका शीर्ष नेतासँग भेट गरी निर्वाचनको वातावरण बनाउन सहकार्यको आग्रह गरेका थिए ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले पनि प्रधानमन्त्री कार्कीको उपस्थितिमा प्रमुख तीन दलका शीर्ष नेताहरूसँग शीतल निवासमा छलफल गरेका थिए । पछिल्लो समय मुलुकमा निर्वाचनसम्बन्धी अन्योल र राजनीतिक गतिविधि तीव्र भइरहेका बेला प्रधानमन्त्रीको पहलमा हुन लागेको यो बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ७ : ४५ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११