२१ भदौ २०८३, आइतबार | September 7, 2026

साना टुक्रे योजनालाइ प्रदेशबाट निरुत्साहित गर्छौं : मुख्यमन्त्री आचार्य



नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले टुक्रे योजनालाई निरुत्साहित गर्ने रणनीति बनाएको बताएका छन । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटिको नेपालगन्जमा आयोजना गरिएको चौथो पूर्ण बैठकलाई सम्वोधन गर्दैै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले टुक्रे र साना योजनालाई निरुत्साहित गर्दै ठूला र मझौला खालका योजनाहरुमा बजेट केन्द्रित गर्ने बताएका हुन ।

‘योजनाहरु छरेर होइन, परिणामुखी बनाएर जाने सरकारले रणनीति बनाएको छ । प्रदेश सरकारले अव टुक्रे योजना बनाउदैन,’ उनले भने, ‘मझौला र ठूला योजना कार्यान्वयनमा सरकारले ध्यान दिनेछ । व्यक्तिविच्छे आउने योजनाहरुमा सरकारले बजेट राख्दैन ।’ उनले आगामी बर्षको बजेट तथा कार्यक्रम बनाउदा संस्थागत प्रक्रियालाई प्राथमिकतामा राखिने बताए । ‘संस्थागतरुपमा आएका योजनाहरुलाई अघि बढाउछौं । बजेट माग्न मन्त्रालयमा भिड लाग्न पर्दैन, पहुँच र पावर पनि चाहिदैन । आवश्यकता र तथ्यांकको आधारमा सरकारले बजेट तर्जुमा गर्छ,’उनले भने, ‘योजना छनौंटमा देखिएको विकृती रोक्नकैलागि पाँच लाख भन्दा माथिका योजना प्रतिसपर्धाबाट कार्यान्वयन गर्ने निर्णयमा सरकार पुगेको हो । हरेक खाले विकृतीहरु रोक्न सरकार निर्मम भएर अगाडी बढिरहेको छ ।’

यस्तै चालु आर्थिक बर्षको स्वीकृत वार्षिक कार्यक्रम र प्रदेश गौरवका आयोजनालाई प्राथमिकतामा राखेर सहि ढंगले कार्यान्वयनको गति बढाएको बताए । बैठकमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारको प्राथमिकता, सञ्चालन भइरहेका कार्यक्रम र भावी योजना बारे जानकारी गराए । सो क्रममा उनले ७० प्रतिशत भन्दा बढी योजना ठेक्का प्रक्रियाबाट कार्यान्वयनमा गइसकेको र बाँकी योजना पनि कार्यान्वयनको चरणमा रहेको जानकारी दिए । ‘प्रदेश सरकारले अघि सारेका गौरवका आयोजनालाई उच्च प्राथमिकतामा राखेर कार्यान्वयनलाई अघि बढाएका छौं । चालु बर्षको बजेट सहि ढंगले कार्यान्वयनमा ध्यान दिएको छ । यो विचको सुशासनको पाटोलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौं,’ उनले भने, ‘प्रदेश सरकार नागरिकहरुको भरोसाको केन्द्र बन्न सफल भएको छ । गाउँको मुहारहरु फेरिनुमा प्रदेश सरकारले अघि बढाएका योजनाका कारण हुन ।’

यस्तै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले गरेका काम र सम्पादन गरेका योजनाहरुमा सुझाव दिन समय कुर्नु नपर्ने बताए । ‘कतै कमि कमजोरी भेटाउनु भएको छ । देख्नु भएको छ भने सुझाव दिन समय कुर्नु पर्दैन । सिधैं भन्न सक्नुहुन्छ,’ उनले भने, ‘सरकारले सुझावहरुलाई आत्मसाथ गरेर अघि बढ्न चाहन्छ ।’

मुख्यमन्त्री आचार्यले आफु सरकारको नेतृत्वमा पुगेपछी प्रदेश सरकारले गरेका काम, प्राथमिकता, भावी योजना सहितका बिषयहरु समेटिएको प्रतिवेदन पार्टीका प्रदेश ईञ्चार्ज पद्मा अर्याल र पार्टीका प्रदेश अध्यक्ष राधाकृष्ण कँडेललाई बुझाएका थिए ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ३ : ४९ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त