१ पुस २०८२, मंगलबार | December 16, 2025

अध्यादेश अस्वीकार गर्ने माओवादीको निर्णय



काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले ल्याएका अध्यादेशहरू विरुद्ध सदनमा सशक्त ढंगले प्रतिवाद गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको माओवादी संसदीय दलको बैठकले सरकारले प्रक्रियागत हिसाले नै गलत ढंगले अध्यादेश ल्याएकाकारण त्यको सशक्त विरोध गर्ने निर्णय गरेको हो ।

माओवादी प्रमुख सचेतक हितराज पाण्डेले अध्यादेश अस्वीकार गर्ने निर्णय भएको बताए ।

‘अध्यादेशको प्रक्रिया लोकतन्त्रलाई सवलीकरण गर्ने गरी आएन, प्रक्रिया नै बेठिक छ’, पाण्डेले भने, ‘समितिमा रहेका विधेयकका फिर्ता नै नलिई अध्यादेश ल्याउनु गलत भएकाले अस्वीकारको सूचना दर्ता गर्नुपर्छ भन्ने निर्णय भएको छ ।’

बैठकले विपक्षी दलहरुबीच भएको सहमतिअनुसार संसदमा अघि बढ्ने पनि निर्णय गरेको छ । भोलिबाट सुरु हुने संसद्को हिउँदे अधिवेशनमा ‘आफ्नो दलको तर्फबाट सशक्त रुपमा जनताका आवाज संसद्मा उठाउनुको साथसाथै विपक्षी दलहरूसँग पनि मतऐक्यता हुनसक्ने विषयमा सामूहिक रुपमा आवाज बुलन्द गर्ने’ निर्णय भएको प्रमुख सचेतक पाण्डेले बताए ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  ५ : १४ बजे

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा