३० आश्विन २०८३, शुक्रबार | October 17, 2026

अध्यादेश अस्वीकार गर्ने माओवादीको निर्णय



काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले ल्याएका अध्यादेशहरू विरुद्ध सदनमा सशक्त ढंगले प्रतिवाद गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको माओवादी संसदीय दलको बैठकले सरकारले प्रक्रियागत हिसाले नै गलत ढंगले अध्यादेश ल्याएकाकारण त्यको सशक्त विरोध गर्ने निर्णय गरेको हो ।

माओवादी प्रमुख सचेतक हितराज पाण्डेले अध्यादेश अस्वीकार गर्ने निर्णय भएको बताए ।

‘अध्यादेशको प्रक्रिया लोकतन्त्रलाई सवलीकरण गर्ने गरी आएन, प्रक्रिया नै बेठिक छ’, पाण्डेले भने, ‘समितिमा रहेका विधेयकका फिर्ता नै नलिई अध्यादेश ल्याउनु गलत भएकाले अस्वीकारको सूचना दर्ता गर्नुपर्छ भन्ने निर्णय भएको छ ।’

बैठकले विपक्षी दलहरुबीच भएको सहमतिअनुसार संसदमा अघि बढ्ने पनि निर्णय गरेको छ । भोलिबाट सुरु हुने संसद्को हिउँदे अधिवेशनमा ‘आफ्नो दलको तर्फबाट सशक्त रुपमा जनताका आवाज संसद्मा उठाउनुको साथसाथै विपक्षी दलहरूसँग पनि मतऐक्यता हुनसक्ने विषयमा सामूहिक रुपमा आवाज बुलन्द गर्ने’ निर्णय भएको प्रमुख सचेतक पाण्डेले बताए ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  ५ : १४ बजे

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) को थप एक हजार

काठमाडौँ महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दुई अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुईवटा नयाँ अध्यादेश जारी गरेका छन्।

सवारी साधन चोरी गर्ने गिरोहका नाइके १० थान चोरीका मोटरसाइकलसहित पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले बाँके र त्यस आसपासका क्षेत्रमा सवारी