२० मंसिर २०८२, शनिबार | December 6, 2025

कृषिउपज संकलन केन्द्र प्रयोगविहीन



नवलपरासी । ग्रामीण क्षेत्रमा उत्पादित कृषिउपज संकलन र बिक्रीका लागि पश्चिम नवलपरासीको सरावलमा निर्माण गरिएको कृषिउपज संकलन केन्द्र सञ्चालनमा प्रयोगविहीन भएको छ ।

सरावल गाउँपालिका-४ स्थित गोइनीमा निर्माण भएको संकलन केन्द्र कार्यविधिको अभावमा प्रयोगविहीन भएको हो । केन्द्र सञ्चालन नहुँदा यहाँका किसानले आफ्नो उत्पादन बिक्री गर्न बर्दघाट, सदरमुकाम परासी र बुटवलसम्म लैजानुपर्ने बाध्यता छ । प्रदेश सरकार र पालिकाको समन्वयमा कार्यविधि बनाएर कृषिउपज सङ्कलन केन्द्र तत्काल सञ्चालन हुनुपर्ने किसानको माग छ ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७५-७६ मा १५ लाखको लागतमा संकलन केन्द्र निर्माण गरेको हो । यसलाई कृषिउपज बिक्री केन्द्रका रूपमा सञ्चालन गर्ने पालिको दीर्घकालीन योजना रहेको सरावल गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरी बताए ।

प्रदेश सरकारबाट कार्यविधि र यसको सञ्चालनका लागि कुनै पनि योजना नहुँदा राज्यको लगानी प्रयोगविहीन भएको छ भने किसानले बजारीकरणको समस्या भोगिरहनुपरेको छ ।

यसैबीच, सुनवल-१३, बडेरामा स्थापना भएको मोतीलाल बहुमुखी क्याम्पसलाई बस उपलब्ध गराइएको छ । विद्यार्थीहरूको यातायात सहजतालाई दृष्टिगत गरी सुनवल नगरपालिकाले क्याम्पसलाई एउटा बस उपलब्ध गराएको नगरप्रमुख विमला अर्यालले जानकारी दिए ।

सुनवल नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा विनियोजन गरेको रु ३१ लाख ५० हजारबाट क्याम्पसका निम्ति बस खरिद गरिएको हो । विसं २०६५ मा स्थापना भएको क्याम्पसमा स्नातकतर्फ व्यवस्थापन संकाय र मानविकी संकाय गरी दुई सय ९० जना विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ७ : ५३ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय